धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न

धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न

केन्द्रबिन्दु
9
Shares

म्याग्दी। धवलागिरि गाउँपालिका–४ मुदीमा नयाँ वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन र उपाध्यक्ष रेशम पुनमगरले शनिबार भवनहरूको उद्घाटन गरे।

भूकम्पप्रतिरोधी तथा अपाङ्गमैत्री दुई÷दुईतले भवन निर्माणमा कुल रु १ करोड ७४ लाख खर्च भएको छ । सात कोठे स्वास्थ्यचौकी भवन निर्माणमा रु ८९ लाख ६८ हजार खर्च भएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्यचौकीको भुइँतलामा उपचार कक्ष, औषधि भण्डारण, प्रशासन र स्वास्थ्यकर्मीका कार्यकक्ष रहेका छन् भने माथिल्लो तलामा आवासीय सुविधा व्यवस्था गरिएको छ ।

नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह सहज भएको स्थानीयले बताएका छन्। यसअघि साँघुरो एउटै भवनबाट वडा कार्यालय र स्वास्थ्यचौकी सञ्चालन हुँदा सेवा दिन कठिनाइ हुँदै आएको थियो।

सभाहलसहितको वडा कार्यालय भवन भगवती कन्ट्रक्सनले रु ८४ लाख ९६ हजारमा निर्माण गरेको हो। भवन निर्माणका लागि स्थानीय गङ्गलाल घर्ती र रेशमबहादुर घर्तीले निःशुल्क जग्गा उपलब्ध गराएका थिए, जसका लागि उद्घाटन कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको थियो।

गाउँपालिकाले अन्य वडाहरूमा पनि पूर्वाधार विस्तारलाई प्राथमिकता दिँदै विभिन्न स्थानमा वडा कार्यालय र स्वास्थ्य संस्थाका भवन निर्माण गरिरहेको जनाएको छ ।

Skip This
Skip This
Logo