काठमाडौं। नेपालमा पछिल्लो तीन महिनायताकै सबैभन्दा बढी एलपी ग्यास फागुन महिनामा आयात भएको छ ।
भन्सार विभागका अनुसार फागुनमा ५१ हजार १९२ टन ग्यास भित्रिएको आयात भएको छ, जुन पुस र माघको तुलनामा बढी हो । पुसमा ४७ हजार ४६० टन र माघमा ४६ हजार २८५ टन ग्यास आयात भएको थियो ।
ग्यास आयात बढे पनि बजारमा सहज आपूर्ति हुन नसक्दा उपभोक्ताले अझै अभाव महसुस गरिरहेका छन् । कालाबजारीका कारण उपभोक्ताहरु मर्कामा परिरहेका छन् । कालाबजारीको कृतिम अभाव सिर्जनाका कारण बजारमा ग्यास अभाव भएको जानकारहरु बताउँछन् । बजारमा ग्यास अभाव भएपछी नेपाल आयल निगमले आधा सिलिन्डर मात्र वितरण गर्ने नीति लागू गरेको छ । कालाबजारी गर्नेलाई वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
गत वर्षको तुलनामा पनि यस वर्ष फागुनमा ग्यास आयात बढेको देखिएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म कुल ३ लाख ७२ हजार २८२ टन ग्यास आयात भएको छ, जुन गत वर्षको सोही अवधिभन्दा बढी हो ।
आयात बढेपनि आपूर्ति व्यवस्थापनमा देखिएको असन्तुलन र बाह्य बजारको प्रभावका कारण उपभोक्ताले समस्या भोग्नु परेको बताइएको छ । आयात बढेपनि आपूर्ति व्यवस्थापनमा देखिएको असन्तुलन र बाह्य बजारको प्रभावका कारण उपभोक्ताले समस्या भोग्नु परेको बताइएको छ ।





























प्रतिक्रिया