काठमाडाैं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको प्रस्तुतीमा भोलिदेखि पोखरामा वृहत् वाडा अटो शो प्रदर्शन हुने भएको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशिएसन (वाडा)द्वारा आयोजित वाडा शो ११ चैत (बुधबार) देखि सुरु भएर १५ चैत (आइतबार) सम्पन्न हुनेछ ।
प्रदर्शनी पर्यटकीय राजधानी पोखराको लेकसाइडस्थित ताल बाराही चोकको खेल मैदानमा हुने वाडाले जनाएको छ । गत वर्षको पहिलो संस्करणको प्रदर्शक तथा अवलोकन्कर्ताहरूको प्रसंसनिय सहभागिता पछि दोस्रो संस्करणको शो गर्न लागिएको पनि वाडाले जनाएको छ ।
प्रदेशकै सबैभन्दा ठूलो अटो प्रदर्शनीमा पोखरा महानगरपालिका प्रबद्र्धक रहेको छ भने प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स)ले गर्नेछ ।
प्रदर्शनीको प्रायोजकमा राइड इनर्जी, इन्सुरेन्स पार्टनरमा शिखर इन्सुरेन्स, हस्पिटल पार्टनरमा दिर्घायु पोखरा हस्पिटल, टिकटिङ्ग पार्टनरमा खल्ती एप, क्यु आर पार्टनरमा युनियन पे, हस्पिटालिटी पार्टनरमा टेम्पल बेल, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी पार्टनरमा हिटको प्रालि, फर्निचर पार्टनरमा सिटिजन फर्निचर, प्रिन्टिङ्ग पार्टनरमा पोखरा क्रिएटिभ्स प्रालि जस्ता प्रतिष्ठत संस्थाहरू रहेका छन् ।
अटो शो, २०२६ मा १६ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, १० वटा ब्राण्डका २–पाङ्ग्रे, एउटा हेभी कमर्शियल लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तिय संस्थाहरूका २० वटा स्टलहरू रहने वाडाले जनाएको छ ।
प्रदर्शनीको थप आकर्षणका निम्ति तथा नया पुस्तालाई नेपालमा भित्रिएका र गुडाइएका एैतिहासिक पुराना मोडलका कारहरूको जानकारी उपलब्ध गराउने उदेश्यकासाथ यस संस्करणमा विशेष भिन्टेज कार शोको आयोजना गरिने पनि वाडाले जनाएको छ ।
यसकासाथै अत्याधुनिक प्रविधि विकास एवं नवपरिवर्तनसँग आम सर्वसाधारणलाई साक्षात्कार गराउनकालागि रोबोटहरू पनि प्रदर्शनमा राखिने जनाइएको छ, जसमा युनीट्रि जी वान ह्युमानोइड रोबोट, युनीट्रि गो टु, चंखे जस्ता आकर्षक रोबोटहरू रहने छन् ।
५ दिनसम्म चल्ने दोस्रो नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६ मा लगभग ४५ हजार आगन्तुकहरूले अवलोकन गर्ने वाडाको अपेक्षा छ ।
टिकटमा विशेष आकर्षण स्वरूप खल्ती एपबाट टिकट खरिद गर्दा प्रत्येक दिन पहिलो १०० जना साधारण टिकटमा ५० प्रतिशत तथा पहिलो १०० जना विद्यार्थी टिकटमा सतप्रतिशत फिर्ता हुने गरी अटो शोका क्यु आर पार्टनर युनियन पेद्वारा क्यास ब्याकको व्यावस्था गरिएको आयोजकले जनाएको छ ।





























प्रतिक्रिया