दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार प्राडा जयराज आचार्यलाई

दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार प्राडा जयराज आचार्यलाई

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ । विसं २०८२ को ‘दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार’ प्रा. डा. जयराज आचार्यलाई प्रदान गरिएको छ । उनलाई अन्तर्राष्ट्रिय सम्बन्ध, परराष्ट्र तथा कूटनीति तथा नेपाली, अङ्ग्रेजी र संस्कृत वाङ्मयमा योगदान पुर्‍याएबापत नगद रु ५० हजारसहित सम्मान गरिएको हो ।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. सुरेशराज शर्माले पुरस्कार हस्तान्तरण गरेका थिए। सो अवसरमा डा. आचार्यले स्मृति केन्द्रद्वारा प्रकाशित ‘ज्ञानविन्दु’ पत्रिकामा पुरस्कृत व्यक्तिहरूको जीवनी समेटेर विशेषाङ्क प्रकाशन गर्नुपर्ने सुझाव दिएका थिए।

कार्यक्रममा वक्ताहरूले दण्डपाणि अज्र्याल स्मृति केन्द्रको योगदान र पुरस्कार परम्पराको प्रशंसा गरेका थिए । कार्यक्रममा विभिन्न साहित्यकार, अनुसन्धानकर्ता तथा संस्थाका पदाधिकारीहरूको उपस्थिति थियो । संस्थाका अध्यक्ष ईश्वरचन्द्र बानियाँको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

Logo