काठमाडौँ। अनलाइन सट्टेबाजीविरुद्ध प्रहरीले फेरि कडा चेतावनी दिएको छ। काठमाडौँमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रतिबन्धित सट्टेबाजी एप तथा प्लेटफर्ममार्फत हुने कुनै पनि प्रकारको कारोबार नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो। सरकारले यसअघि नै यस्ता अनलाइन सट्टेबाजी प्लेटफर्म बन्द गरिसकेको भए पनि अझै लुकिछिपी सञ्चालन हुने गतिविधि देखिएकाले पुनः सचेत गराइएको ब्यूरोले जनाएको छ।
सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार सट्टेबाजीजस्ता गैरकानुनी क्रियाकलापमा संलग्न भए कडा कारबाही हुने स्पष्ट पारिएको छ। यस्ता कार्यमा संलग्न व्यक्ति भेटिए मुलुकी अपराधसंहिता, २०७४ अनुसार फौजदारी मुद्दा चलाइनेछ, जसअन्तर्गत कैद, जरिवाना वा दुवै सजाय हुन सक्छ।
त्यससँगै, सट्टेबाजीबाट आर्जन गरिएको रकम र प्रयोग गरिएका उपकरणसमेत जफत गरिने प्रहरीले जनाएको छ। प्रहरीले बन्द गरिएका कुनै पनि सट्टेबाजी एप वा प्लेटफर्म प्रयोग नगर्न तथा त्यस्ता गतिविधि भइरहेको जानकारी पाए तुरुन्त सूचित गर्न पनि सर्वसाधारणसँग अनुरोध गरेको छ।































प्रतिक्रिया