आठ महिनामा १४ खर्ब ४९ अर्ब विप्रेषण भित्रियो, आप्रवाहमा ३७.७ प्रतिशत वृद्धि

आठ महिनामा १४ खर्ब ४९ अर्ब विप्रेषण भित्रियो, आप्रवाहमा ३७.७ प्रतिशत वृद्धि

केन्द्रबिन्दु
3
Shares

काठमाडौँ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा रहेका नेपालीले १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) देशमा पठाएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण वृद्धिदर ९.५ प्रतिशत मात्र थियो।

फागुन महिनामा मात्र १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा उल्लेख्य वृद्धि हो। त्यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१ प्रतिशतले बढेर १० अर्ब १५ करोड पुगेको छ।

राष्ट्र बैंकका अनुसार सोही अवधिमा खुद द्वितीय आय १५ खर्ब ९१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ भने चालु खाता ५ खर्ब ५२ अर्ब ८५ करोड रुपैयाँले बचतमा रहेको छ। वैदेशिक रोजगारीका लागि नयाँ तथा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने अघिल्लो वर्षको तुलनामा केही घटेको देखिएको छ।

यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (FDI) १० अर्ब ८४ करोड रुपैयाँ भित्रिएको छ भने शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब ३५ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ।

Logo