एक्कासी किन रोकियो सामुदायिक लघुवित्तको आइपिओ ? यस्तो छ कारण

एक्कासी किन रोकियो सामुदायिक लघुवित्तको आइपिओ ? यस्तो छ कारण

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । भोलि मंगलबारदेखि बिक्रि खुला हुने भनिएको सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपियो निष्काशन प्रक्रिया अन्तिम समयमा आएर स्थगित भएको छ ।  कम्पनीले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आइपिओ निष्काशन गर्ने तयारी गरेको थियो । 

कम्पनीले आज एक सूचना जारि गर्दै अर्को सूचना जारी नभएसम्म आईपिओ सम्बन्धि सम्पूर्ण प्रक्रिया स्थगन भएको जानकारी दिएको हो ।  धितोपत्र बोर्डले माघ २ गते पत्र पठाएर बिशेष कारणबश अर्को जानकारी नगराएसम्म प्राथमिक निष्काशन रोक्न निर्देशन दिएको बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले जनाएको छ । कम्पनीले आह्वान पत्र समेत सार्बजनिक गरिसकेको अबस्थामा आज अचानक आईपिओ निष्काशन प्रक्रिया स्थगित गरिनुलाई शंकास्पद रुपमा लिइएको छ । 

नेपाल राष्ट बैंक स्रोतबाट प्राप्त जानकारी अनुसार बैंकको सुपरिवेक्षण बिभागले गरेको अनुगमनको क्रममा सामुदायिक लघुवित्तको विवरणमा कैफियत भेटिएको र तत्काल आईपिओ रोक्न निर्देशन दिइएको छ  । कम्पनीले जारी गरेको पछिल्लो रिपोर्टमा संस्थागत शुशासन् नदेखिएको, कम्पनीमा अनियमितता देखिएको, कम्पनीले सार्वजनिक गरेका वित्तीय सूचकहरु अवास्तविक रहेको लगायतका त्रुटीहरु भेटिएकाले आइपिओ निष्कासन स्थगित गर्न निर्देशन दिएको हो ।

Logo