एसोसिएट उपाध्यक्षमा १९ सदस्यका लागि श्रेष्ठ र पाण्डेसमूहका ३५ जनाको उम्मेदवारी दर्ता

एसोसिएट उपाध्यक्षमा १९ सदस्यका लागि श्रेष्ठ र पाण्डेसमूहका ३५ जनाको उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे र ज्योत्सना श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । उनीहरुबीच प्यानलसहित प्रतिस्पर्धा हुने भएको हो । पाण्डे र श्रेष्ठले आ–आफ्नो समूहसहित उम्मेदवारी दर्ता नै गराइसकेका छन् ।

एसोसिएटबाट महासंघमा उपाध्यक्ष एक जना र १९ जना केन्द्रीय सदस्य निर्वाचित हुन्छन् । एसोसिएट उपाध्यक्ष एक जनाका लागि पाण्डे र श्रेष्ठ चुनाव लड्दा बाँकी १९ जना सदस्यका लागि ३५ जना उम्मेदवार मैदानमा छन् ।

श्रेष्ठ समूहका उम्मेदवार

श्रेष्ठको समूहबाट सदस्यहरूमा अविनास बोहोरा, अम्बिका शर्मा लामिछाने, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, देशबन्दु बस्नेत, गोपाल खनाल, जमुना पौडेल, जयस श्रेष्ठ, रामराजा श्रेष्ठ, रामशरण थपलिया, राजकुमार तिमलसिना, सोभा ज्ञवाली, सन्दिप मखानी (अग्रवाल), शैलेन्द्र गुरागाई र सुनिल नारायण श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

पाण्डे समूहका उम्मेदवार

पाण्डेको समूहबाट केन्द्रीय सदस्यमा अविज्ञा मल्ल, अम्बिका प्रसाद पौडेल, बाबुकाजी कार्की, डोलराज अधिकारी, दिवस न्यौपाने, हेमन्त गोल्छा, इश्वर जीसी, जुना माथेमा, कृष्णलाल महर्जन, प्रियराज रेग्मी, राजेश कुमार अग्रवाल, ऋषि अग्रवाल, आरएस भण्डारी, सचिन ढकाल, शक्तिकुमार बेगानी, सुशील थापा, सुयश प्याकुरेल, सुरज उप्रेती र उज्वल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

Skip This
Skip This
Logo