काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्र अझै पनि आफू जन्मिनुभन्दा पहिले बनेका पुराना ऐन कानुनले सञ्चालन भइरहेको बताउँदै तत्काल संशोधन गर्नुपर्ने माग गरेका छन् ।
गत निर्वाचनमा सबै प्रमुख दलले आफ्ना घोषणापत्रमा निजी क्षेत्रलाई प्राथमिकता दिएकोमा आभार व्यक्त गर्दै श्रेष्ठले भने, “म जन्मिनुभन्दा अघिको ऐनले अझै मुलुक चलिरहेको छ, अब संशोधन हुनुपर्छ ।”
सुरक्षित निजी क्षेत्रः सशक्त महासंघका लागि नेपाल उद्योग वाणिज्य महासंघ बस्तुगत तर्फका केन्द्रिय उपाध्यक्षका उम्मेदवार शिव घिमिरेले आयोजना गरेको नीति संवाद कार्यक्रममा बोल्दै उनले निजी क्षेत्र अहिले बोझिलो कर प्रणाली र नीतिगत अस्थिरताको चरम पीडामा रहेको स्पष्ट पारे । “यो पीडालाई अन्त्य गर्न संसद्ले तत्काल भूमिका खेल्नुपर्छ,” उनले जोड दिए ।
जनआन्दोलनपछिको राजनीतिक परिवर्तनलाई संस्थागत गर्न निजी क्षेत्र सरकार र संसद्सँग पूर्ण सहकार्य गर्न तयार रहेको पनि श्रेष्ठले बताए । उनले नाफालाई गलत दृष्टिकोणबाट हेर्ने पुरानो मानसिकता अन्त्य गर्नुपर्नेमा जोड दिँदै भने, “निजी क्षेत्रले मुलुकको आर्थिक विकासमा योगदान गरिरहेको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।”































प्रतिक्रिया