काठमाडौं ।
देशको अग्रणी अनलाइन बजार, दराजले ‘लाइभ अनाउन्समेन्ट’ कार्यक्रममार्फत दराज ११ ११ को तेस्रो संस्करण नोभेम्बर ११, कार्तिक २६ सफल बनाउन पूरै तयार रहेको जनाएको छ ।
यस वर्षको ११ ११ सेलमा ग्राहकहरुले विशेष छुट पाउनुका साथै आठ लाख बराबरको टीभीएस अपाचे आरआर ३१० जित्ने मौका पनि पाउने दराजले जनाएको छ । ग्राहकहरुले नबिल बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बङ्गलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेन्चुरी बैंक र हिमालयन बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानीमा २० प्रतिशत अधिकतम तीन हजार रुपैयाँसम्मको छुट पाउन सक्ने दराजले जनाएको छ । त्यस्तै गरी, ग्राहकहरूले दराजमा ईसेवा, वालेटमार्फत भुक्तानी गर्दा समेत छुट पाउने छन् ।
११ ११ मा ग्राहकहरुले विशेष लन्चका रुपमा सामसुङ ग्यालेक्सी एसट्वेन्टी एफई विश्वको सर्वश्रेष्ठ मूल्य ६९ हजार ९९९ रुपैयाँमा पाउने छन् । त्यस्तै गरी एलजी, एमआई, फिटबिट, सोनी, भ्यास, वल्पुल, टाइटन, कोलम्बिया, मिचा, गोल्डस्टार, जुआस, होम ग्लोरी, आमाइरा, फेसन हाउस, न्यु ब्यालेन्स, टिभियस जस्ता ब्राण्डहरूमा पनि ६० प्रतिशतसम्म छुट पाउने छन् । साथै प्रिमियम प्रायोजक कोकाकोलाले पनि ११ ११ को अवसरमा विशेष अफरहरू घोषणा गर्ने दराजले जनाएको छ ।
दराजले ग्राहकहरुलाई ११ ११ मा लाइभ भिडियोहरू, फ्ल्यास सेल, बन्डल अफर, नि:शुल्क वितरण, सोसल मिडियामा प्रतियोगिता, अनलाइन लुडो प्रतियाेगिता, अर्ली बर्ड अफर, एनसेल मोबाइल रिचार्ज छुट र वन रुपी गेम र मिसन ११ ११ जस्ता गेममार्फत पुरस्कार जित्ने धेरै अवसरहरू पनि प्रदान गर्ने जनाएको छ ।
२०१८ मा अलीबाबाले दराजलाई अलीबाबा ग्रुप अन्तर्गत समावेश गरेको थियो, त्यसपछि दराजले नेपालमा ११ ११ आयोजना गरेको हो ।





























प्रतिक्रिया