अपि पावर कम्पनीले शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर दिने

अपि पावर कम्पनीले शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर दिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २ माघ ।

अपि पावर कम्पनीले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको १४ औँ वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो ।

कम्पनीले ८.५ मेगावाट क्षमताको नौगढ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ भने ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना सम्पन्न गरी विद्युत उत्पादन गर्ने तयारी गरिरहेको छ ।

कम्पनीले नेपाल विद्युत प्राधिकरणको खुल्ला टेन्डरमार्फत १८ मेघावाट क्षमताका आठ स्थानमा सोलार उर्जा उत्पादन गर्ने अनुमति प्राप्त गरेको छ ।

आजको साधारणसभाले आफ्ना शेयरधनीहरुबाट १ः२ को अनुपातलमा हकप्रद शेयर निश्काशन गरी सिद्धकाली पावर लिमिटेडले निर्माण गर्ने त्रिशुली गल्छी आयोजना र सोलार आयोजनाहरुमा लगानी गर्ने योजना समेत पारित गरेको छ ।

Logo