जनकपुरधाम। आन्तरिक राजस्व कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा रु ३ अर्ब ९७ करोड ६७ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
कार्यालयका अनुसार यस अवधिमा कुल रु ४ अर्ब ३३ करोडभन्दा बढी राजस्व उठाउने लक्ष्य राखिएको थियो, जसको करिब ९१ प्रतिशत संकलन पूरा भएको छ।
आयकर, अन्तःशुल्क र मूल्य अभिवृद्धि करबाट प्रमुख हिस्सा राजस्व संकलन भएको देखिएको छ। आयकरबाट मात्रै १ अर्ब १४ करोडभन्दा बढी र अन्तःशुल्कबाट १ अर्ब ८८ करोडभन्दा बढी राजस्व संकलन भएको छ।
यसैबीच, कर समयमा दाखिला नगर्ने १२५ व्यावसायिक फर्ममाथि कारबाही प्रक्रिया अघि बढाइएको छ। कार्यालयका अनुसार कारबाहीको सूचना सार्वजनिक भएपछि १० फर्मले करिब रु ४ करोड ३० लाख दाखिला गरेका छन्।
कार्यालयमा हाल १ लाख ६६ हजारभन्दा बढी करदाता दर्ता रहेका छन्।





























प्रतिक्रिया