दुई दिनमै २ हजार बढ्यो सुनको मूल्य, कति छ आज ?

दुई दिनमै २ हजार बढ्यो सुनको मूल्य, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । आज सुन १ हजार रुपैयाँले बढेको हो । आज ९७ हजार ७ सयमा कारोबार भइरहेको छ ।

गत हप्ताको शुरुको दिन आइतबार सुनको मूल्य प्रतितोला ९५ हजारमा कारोबार भएकोमा सोमबार पनि सोहि मूल्यमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार गत मंगलबार सुन प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै बुधबार ९६ हजार ३ सयमा कारोबार भएको सुन विहिबार भने ९६ हजार २०० मा कारोबार भएको थियो । शुक्रबार एक हजारले बढ्दै सुनको मूल्य ९७ हजार २ सयमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९७ हजार ७ सय र तेजाबी सुनको मूल्य ९७ हजार २ सय कायम रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि आज २० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १ हजार २७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Skip This
Skip This
Logo