इनड्राइभकाे ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेतालाई ईभी क्याब र ई-स्कुटर हस्तान्तरण

इनड्राइभकाे ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेतालाई ईभी क्याब र ई-स्कुटर हस्तान्तरण

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । इनड्राइभले ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेताहरूलाई काठमाडौंमा आयोजित एक समारोहबीच पुरस्कार हस्तान्तरण गरेको छ ।

उक्त अभियानमा ड्राइभर्स पार्टनर्सहरूको सहभागिता रहेको थियो । मार्च २ देखि २९ सम्म सञ्चालन गरिएको यस चार हप्ते क्याम्पेन, ड्राइभर्स पार्टनर्सको कार्यसम्पादन तथा सेवा गुणस्तरका आधारमा निरन्तर ‘प्लाटिनम’ स्तर कायम राख्ने चालकहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।

साप्ताहिक चुनौतीहरू, आकर्षक पुरस्कार तथा दुई प्रमुख ग्रान्ड पुरस्कारमार्फत अभियानले इनड्राइभका ड्राइभर्स पार्टनर्सलाई सम्मान गरेको थियो ।

विजेताहरू यसप्रकार छन्-

टाटा एक्सप्रेस–टी ईभी (क्याब चालक वर्ग) : पेषल बुढाथोकी
याडिया भिलक्स (बाइक/मोटो चालक वर्ग) : साम्देन तामाङ (कुन्द सर)
याडिया भिलक्स (बाइक/मोटो चालक वर्ग) : सरोज खतिवडा

उक्त विजेताहरू चार हप्ताका चुनौती अवधिभर निरन्तर ‘प्लाटिनम’ स्तर कायम राख्दै सबै योग्यता मापदण्ड पूरा गर्ने चालकहरू मध्येबाट छनोट गरिएको कम्पनीले जनाएको छ । ग्रान्ड पुरस्कारका अतिरिक्त, अभियानअन्तर्गत थप चालक साझेदारहरूलाई सम्मान गर्न विभिन्न साप्ताहिक पुरस्कारहरू पनि वितरण गरिएको थियो, जसअन्तर्गत, १६ जनालाई सामसुङ ग्यालेक्सी ए१७ ५जी र ४ जनालाई स्टेकेशन प्याकेज प्रदान गरिएको थियो ।

क्याब चालकका विजेता पेषलले भने, ‘हाम्रो मेहनत र समर्पणलाई मान्यता दिएकोमा म इनड्राइभप्रति आभारी छु । ‘प्लाटिनम’ स्तर कायम राख्नु निरन्तर अनुशासन र यात्रु सन्तुष्टि प्रतिको प्रतिबद्धतासँग जोडिएको हुन्छ। टाटा एक्सप्रेस–टी ईभी प्राप्त गर्नु मेरो लागि ठूलो उपलब्धि हो र यसले आगामी दिनमा अझ राम्रो सेवा दिन प्रेरणा दिएको छ ।’

त्यस्तै, बाइक-मोटो चालक वर्गका विजेता सरोजले भने, यो पुरस्कार जित्नु मेरो लागि गर्वको विषय हो। अभियानले मलाई अझ राम्रो प्रदर्शन गर्न र सेवा स्तर कायम राख्न प्रेरित गर्‍यो । याडिया भिलक्स जित्नु मेरो र मेरो परिवारका लागि खुशीको क्षण हो। चालक साझेदारहरूलाई सशक्त बनाउने इनड्राइभप्रति धन्यवाद व्यक्त गर्दछु ।’

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनीता जीमी राईले विजेताहरूलाई बधाई दिँदै भनिन्, ‘हाम्रा ड्राइभर्स पार्टनर्सहरू इनड्राइभको सफलताको मुख्य आधार हुनुहुन्छ। उहाँहरूको समर्पणलाई सम्मान गर्ने उद्देश्यले ‘प्लाटिनम ड्राइभर गिभअवे’ अभियान सञ्चालन गरिएको हो । आगामी दिनहरूमा पनि चालक साझेदारहरूको हितमा यस्ता अर्थपूर्ण कार्यक्रमहरू ल्याउने हाम्रो प्रतिबद्धता रहनेछ ।’

Logo