काठमाडौं । व्यवसायी शेखर गोल्छा पुनः पक्राउ परेका छन् । सर्वोच्च अदालतले थुनामा राखिएका व्यवसायी गोल्छालाई सोमबार धरौटी जमानतमा छाड्न आदेश दिएको थियो ।
तर, उनलाई प्रहरीले गएराति नै पुनः पक्राउ गरेको हो । गोल्छालाई जमानत बुझाउन नसके मात्र हिरासतमा राख्न सर्वोच्चले सोमबार आदेश दिएको थियो । सीआइबीले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धानका लागि गोल्छा पक्राउ परेका थिए ।
शंकास्पद कारोबारमार्फत ‘अकुत’ सम्पत्ति आर्जनको आरोप लागेका व्यावसायी दीपक भट्टसँग ‘नेक्सस’ देखिएको आरोपमा गोल्छालाई पक्राउ गरिएको थियो ।





























प्रतिक्रिया