आजदेखि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी अञ्जन श्रेष्ठलाई

आजदेखि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी अञ्जन श्रेष्ठलाई

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को नेतृत्वको जिम्मेवारी अञ्जन श्रेष्ठले पाएका छन्। आजबाट उनी देशभरिकै उद्योगी, व्यवसायीको छाता संगठनको अध्यक्षको जिम्मेवारीमा पुगेका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघ विधानअनुसार, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्षको जिम्मेवारीमा पुग्ने व्यवस्था छ। यसअघि महासंघको ५७औं साधारणसभाबाट उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए।

यसअघि महासंघको नेतृत्व चन्द्रप्रसाद ढकालले गरिरहेका थिए। श्रेष्ठ महासंघको २१औं अध्यक्ष बनेका हुन्। आगामी तीन वर्ष उनले उद्योगी व्यवसायीको नेतृत्व गर्नेछन्।

श्रेष्ठ महासंघमा २०५९ सालमा कार्यसमिति सदस्यका रूपमा प्रवेश गरेका थिए। महासंघको विभिन्न जिम्मेवारीमा रहेर श्रेष्ठले निजी क्षेत्रको नेतृत्व निर्वाह गर्दै आएका थिए। यसअघि उनीसँग राजस्व समिति उपसभापति, उद्योग समिति सभापति र रोजगारदाता परिषद सदस्यको भूमिका निर्वाह गरेको अनुभव छ। उनले लक्ष्मी ग्रुपको कार्यकारी निर्देशकको रुपमा उक्त ग्रुपको प्रवर्द्धन गरिरहेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भएपछि गर्ने कामको प्राथमिकताहरु श्रेष्ठले गत सोमबार नै सार्वजनिक गरेका थिए। श्रेष्ठले ५ लाखभन्दा बढी व्यवसायी जोडिएको महासंघलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

Logo