बढ्दो गर्मीलाई ध्यानमा राख्दै सीजीले ल्यायाे शक्तिशाली माइडिया फ्यान

बढ्दो गर्मीलाई ध्यानमा राख्दै सीजीले ल्यायाे शक्तिशाली माइडिया फ्यान

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले माइडिया फ्यानको नयाँ, शक्तिशाली तथा आधुनिक शृंखला नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले घरेलु उपकरणको ब्रान्ड माइडियाका उत्पादनहरू नेपालमा आधिकारिक रूपमा वितरण गर्दै आएको छ ।

कम्पनीका अनुसार वासिङ मेसिन, रेफ्रिजेरेटर, भ्याकुम क्लिनर, चेस्ट फ्रिजर, एयर प्युरिफायर, एयर फ्रायर, चिम्नी, वाटर डिस्पेन्सर र डिसवासरजस्ता उत्पादनमार्फत नेपाली उपभोक्तामाझ मजबुत उपस्थिति बनाइसकेको माइडिया अब फ्यान सेग्मेन्टमा पनि उत्कृष्ट प्रदर्शन र विश्वसनीयताको पर्याय बन्दै गएको छ ।

नेपालको मौसमी अवस्था, विशेष गरी बढ्दो गर्मी र अनियमित तापक्रमलाई ध्यानमा राख्दै डिजाइन गरिएको यो नयाँ फ्यानले दैनिक जीवनलाई थप सहज र आरामदायी बनाउने लक्ष्य राखेको कम्पनीको भनाइ छ । उच्च गुणस्तरको कपर मोटर प्रयोग गरिएका यी फ्यानहरूले दीर्घकालीन टिकाउपन, स्थिर कार्यसम्पादन र कम विद्युत् खपत सुनिश्चित गर्ने दाबी गरिएको छ । साथै, न्यून आवाजमा सञ्चालन हुने भएकाले घर, अफिस वा अन्य कार्यस्थलमा प्रयोग गर्दा शान्त वातावरण कायम राख्न मद्दत पुग्ने कम्पनीको दाबी छ ।

सार्वजनिक फ्यानका मोडल

एफडब्लू४५–२५ एम: भित्तामा जडान हुने यस मोडलमा शक्तिशाली एयरफ्लो, अक्सिलेसन फङ्सन र पुल कर्ड कन्ट्रोल रहेका छन्, जसले प्रयोगलाई सहज बनाउँछ । यसमा ३ स्पिड सेटिङ र ५ वटा एबीएस ब्लेड जडान गरिएको छ, जसले हावाको वितरणलाई अझ प्रभावकारी बनाउँछ । उच्च गुणस्तरको कपर मोटरका कारण दीर्घकालीन टिकाउपन सुनिश्चित हुन्छ ।

एफएस४५–२५एमटी: उचाइ मिलाउन सकिने यो स्ट्यान्ड फ्यान प्रयोगमा लचिलो र व्यावहारिक छ । यसमा शक्तिशाली एयरफ्लो, अक्सिलेसन, ३ स्पिड सेटिङ र ५ एबीएस ब्लेडसहितको डिजाइन छ । उच्च गुणस्तरको कपर मोटरले स्थिर र बलियो प्रदर्शन दिन्छ, जसले घर तथा अफिस दुवैमा भरपर्दो कुलिङ प्रदान गर्छ ।

एफएस४०–१३क्यूआरए: यो प्रिमियम मोडलमा ३ एबीएस ब्लेड, उच्च गुणस्तरको मोटर र मल्टिपल स्पिड विकल्पहरू उपलब्ध छन् । १.८ लिटर पानी ट्यांकी, ३६० डिग्री स्प्रे नोजल, आयन जेनेरेटर, ८ घण्टाको टाइमर र रिमोट कन्ट्रोलले यसलाई स्मार्ट कुलिङ समाधान बनाउँछ । नर्मल, नेचर र साइलेन्ट मोडले वातावरणअनुसार प्रयोग गर्न मिल्ने सुविधा दिन्छ ।

एफएस४०– १३पीजी: उच्च गतिको कुलिङका लागि डिजाइन गरिएको यो मोडलमा ३ एबीएस ब्लेड, ३ स्पिड सेटिङ, अक्सिलेसन फङ्सन र उच्च गुणस्तरको कपर मोटर प्रयोग गरिएको छ । बढी एयर स्पिड र एयर भोल्युमका कारण ठूलो कोठा वा बढी गर्मी हुने स्थानका लागि यो फ्यान उपयुक्त हुने कम्पनीले जनाएको छ ।

यस नयाँ शृंखलामा माइडियाले आधुनिक डिजाइन र प्रयोगमैत्री प्रविधिको सन्तुलन प्रस्तुत गरेको छ । प्रत्येक मोडलमा दैनिक प्रयोगलाई सहज बनाउने विशेषताहरू समावेश गरिएको छ । यसले उपभोक्तालाई दीर्घकालीन समाधान प्रदान गर्ने लक्ष्य राखेको देखिन्छ ।

सीजी इलेक्ट्रोनिक्सका अनुसार, “हामी नेपाली उपभोक्तालाई विश्वस्तरीय प्रविधि र गुणस्तर उपलब्ध गराउने प्रतिबद्धतामा निरन्तर अघि बढिरहेका छौं। माइडियाको यो नयाँ फ्यान श्रृंखला हाम्रो त्यही प्रयासको अर्को महत्वपूर्ण कदम हो, जसले हरेक घरमा आरामदायी जीवनशैली थप्ने विश्वास लिएका छौं।”

बढ्दो तापक्रम र परिवर्तनशील जीवनशैलीबीच, माइडियाको यो नयाँ फ्यान श्रृंखलाले केवल चिसोपन मात्र होइन, विश्वास, दक्षता र आधुनिकताको अनुभव पनि प्रदान गर्ने अपेक्षा गरिएको छ।

Logo