काठमाडौं। मलेसिया जान लागेका एक युवाले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेपछि ललितपुरको जावलाखेलस्थित मुन म्यानपावरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छापा मारेको छ । श्रममन्त्री रामजी यादवका स्वकीय सचिव सरोज यादवले युवाले गरेको गुनासो गरेपछि मन्त्रालयको टोलीले शुक्रबार म्यानपावरमा छापा मारेको बताए ।
मन्त्रालयको टोलीले म्यानपावर कार्यालयबाट ४३७ वटा राहदानी र रु सात लाख ९० हजार नगद बरामद भएको जनाइएको छ । बरामद नगदको कुनै रसिद फेला नपरेको यादवले जानकारी दिए ।
प्रधानमन्त्री कार्यालयबाट जानकारी आएपछि तत्काल अनुगमन तथा छापा प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । मन्त्रालयले म्यानपावर कम्पनीलाई सिल गरेर थप कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।





























प्रतिक्रिया