काठमाडौं, ११, पुस
अहिले बैंकहरूले बचतमा साढे ८ प्रतिशत सम्म र मुद्दती निक्षेपमा ११ प्रतिशत सम्म ब्याज दिन थालेका छन् । "/>

संस्थागत निक्षेपमा ब्याजदर १२.५० प्रतिशत सम्म पूग्यो !

संस्थागत निक्षेपमा ब्याजदर १२.५० प्रतिशत सम्म पूग्यो !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ११, पुस
अहिले बैंकहरूले बचतमा साढे ८ प्रतिशत सम्म र मुद्दती निक्षेपमा ११ प्रतिशत सम्म ब्याज दिन थालेका छन् । त्यस्तै संस्थागत निक्षेपमा ब्याजदर १२.५० प्रतिशत सम्म पुगिसकेको छ । यसअघि राष्ट्र बैंकले समेत ब्याज बढ्न सक्ने संकेत गरेको थियो ।

राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनमा ‘वित्तीय क्षेत्रतर्फ हेर्दा आर्थिक गतिविधि विस्तार भएसँगै कर्जा लगानीको माग बढ्न गई अधिक तरलता कम हुँदै जाने तथा ब्याजदरमा केही चाप पर्ने संकेत देखिएको’ उल्लेख गरिएको थियो । बजारमा तरलता कम हुँदै जाँदा निक्षेप तानातानको स्थिति आएको र ब्याज समेत बढ्दै गएको हो । यही निक्षेप तानातानको अवस्थामा संस्थागत निक्षेपकर्ताले फाइदा उठाउने गरेको बैंकरहरू बताउँछन् ।

असारमा सरकारले बढाएको खर्चका कारण बजारमा तरलता बढेको थियो । तर अहिले खुम्चँदै गएको छ । राष्ट्र बैंकका अनुसार अहिले वित्तीय प्रणालीमा ४५ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ । पछिल्लो समय निक्षेपको तुलनामा कर्जाको माग उच्च दरमा बढेको छ ।     नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo