काठमाडौं । सरकारले विभिन्न ११ तहको भन्सार दर ७ तहमा सीमित गरेको घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य वाचन गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करको सीमामा व्यापक हेरफेर गरिएको जनाएका हुन् । उनले कर पारिपालनमा दण्ड नभएर विकासको साझेदार बनाउने नीति सरकारले लिएको बताए । उनले विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरिएको घोषणासमेत गरेका छन् ।





























प्रतिक्रिया