नेपाली बजारमा नयाँ ‘ओमोडा ई-फाइभ प्रो’ सार्वजनिक, यस्ता छन् मूल्य र फिचर

नेपाली बजारमा नयाँ ‘ओमोडा ई-फाइभ प्रो’ सार्वजनिक, यस्ता छन् मूल्य र फिचर

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । नेपालका लागि ओमोडा एण्ड जेकोको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले बहुप्रतीक्षित इलेक्ट्रिक एसयूभी ‘नयाँ ओमोडा ई-फाइभ (E5) प्रो’आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको छ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कम्पनीले अत्याधुनिक प्रविधि, प्रिमियम फिचर र परिष्कृत ड्राइभिङ अनुभवसहितको नयाँ मोडल सार्वजनिक गरेको हो।

नेपालमा सार्वजनिक भएदेखि नै ओमोडा ई-फाइभले आफ्नो फ्युचरिस्टिक डिजाइन र उत्कृष्ट प्रदर्शनका कारण छोटो समयमै लोकप्रियता कमाएको छ। हालसम्म १,५०० भन्दा बढी युनिट सडकमा गुडिसकेको यस ब्रान्डले नयाँ ‘प्रो’ भर्सनमार्फत नेपाली ग्राहकलाई अझ बढी विलासी र सुरक्षित यात्राको विकल्प प्रदान गर्ने लक्ष्य राखेको छ।

नयाँ ओमोडा ई-फाइभ प्रोमा ५०.७ प्रतिघण्टा क्षमताको उच्च कार्यक्षमता भएको ब्याट्री प्याक जडान गरिएको छ। यसमा रहेको ९९ किलाेवाटको इलेक्ट्रिक मोटरले २८८ एनएमको टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार यो गाडीले एक पटकको फुल चार्जमा ३५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्नेछ। नेपालका विभिन्न सडक अवस्थालाई मध्यनजर गर्दै यसमा १९१ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स र १८ इन्चका आकर्षक अलोय ह्वीलहरू समावेश गरिएका छन्।

गाडीको बाहिरी डिजाइन ओमोडाको विशेष फ्युचरिस्टिक दर्शनमा आधारित छ। यसको ‘बोल्ड फ्रन्ट फेसिया’ र एरोडायनामिक प्रोफाइलले यसलाई सडकमा शक्तिशाली उपस्थितिको रूपमा चिनाउँछ। भित्री भागमा प्रिमियम केबिन अनुभवका लागि इलेक्ट्रिक सनरुफ, ८ वटा सोनी स्पिकरहरूको इमर्सिभ अडियो सिस्टम र १५.६ इन्चको ठूलो वाइडस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले राखिएको छ। चालकको सहजताका लागि मसाज सिटको समेत सुविधा दिइएको छ।

सुरक्षाका हिसाबले ओमोडा ई-फाइभ प्रो निकै बलियो देखिएको छ। यसमा १९ भन्दा बढी एडिएएस फिचरहरू र ५४०-डिग्री सराउन्ड भ्यू क्यामेरा प्रणाली उपलब्ध छ, जसले चुनौतीपूर्ण सडकमा पनि चालकलाई उच्च आत्मविश्वास र सुरक्षा प्रदान गर्दछ।

कम्पनीले नयाँ ओमोडा ई-फाइभ प्रोको मूल्य ‘सिंगल टोन’ भेरियन्टका लागि ५१.५९ लाख रुपैयाँ र ‘डुअल टोन’ भेरियन्टका लागि ५१.९९ लाख रुपैयाँ निर्धारण गरेको छ।बजारमा सार्वजनिक भएको विशेष अवसरमा एसपिजी अटोमोबाइल्सले पहिलो ५० ग्राहकका लागि आकर्षक अफर समेत घोषणा गरेको छ। यी ग्राहकहरूले ४९.९९ लाख रुपैयाँको विशेष मूल्यमा गाडी खरिद गर्न पाउनेछन् भने एक वर्षको निःशुल्क ‘अटो प्लस इन्स्योरेन्स’समेत प्राप्त गर्नेछन्।

नयाँ ओमोडा ई-फाइभ प्रो अब देशभरका आधिकारिक शोरूमहरूमा बुकिङ र सोधपुछका लागि उपलब्ध भइसकेको कम्पनीले जनाएको छ।

Logo