स्ट्यान्डर्ड चार्टर्ड बैंकले एकै दिन ५ सय बिरुवा रोप्दै मनायो ‘विश्व वातावरण दिवस’

स्ट्यान्डर्ड चार्टर्ड बैंकले एकै दिन ५ सय बिरुवा रोप्दै मनायो ‘विश्व वातावरण दिवस’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (एससीबीएनएल) ले विश्व वातावरण दिवस–२०२६ को अवसरमा कीर्तिपुरस्थित आदिनाथ सामुदायिक वनमा भव्य वृक्षारोपण अभियान सम्पन्न गरेको छ । “प्रकृतिबाट प्रेरित । जलवायुको लागि । हाम्रो भविष्यको लागि” भन्ने यस वर्षको नारालाई आत्मसात् गर्दै बैंकले स्थानीय हरियाली विस्तार, जैविक विविधता प्रवद्र्धन र दीर्घकालीन वातावरणीय दिगोपनप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ ।

कार्यक्रममा बैंकका करिब ३५० कर्मचारीहरूले स्थानीय समुदायसँग काँध मिलाएर फलफूल, फूल फुल्ने तथा छाया दिने प्रजातिका ५ सय बिरुवा रोपे। सामूहिक श्रम र स्वयंसेवी भावनाको यो दृश्यले आदिनाथ सामुदायिक वनलाई हरित उत्सवमय बनाएको थियो ।

अभियानको औपचारिक सुरुवात एससीबीएनएलका प्रमुख कार्यकारी अधिकृत तथा कभरेज प्रमुख गोरख राणा र आदिनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केदार बस्नेतले संयुक्त रूपमा पहिलो बिरुवा रोपेर गरे । सो अवसरमा श्री राणाले स्वयंसेवामा देखाएको उत्साहका लागि कर्मचारीहरूलाई धन्यवाद दिँदै बैंकको हरित यात्राको गौरवपूर्ण इतिहास स्मरण गरे ।

“यस वर्ष स्ट्यान्डर्ड चार्टर्ड बैंकमा कर्मचारी स्वयंसेवाको २० वर्ष पूरा भएको छ,” श्री राणाले भने, “हामी यो साझा गर्न पाउँदा गर्व अनुभव गर्छौं कि एससीबीएनएलका कर्मचारीहरूले वर्षौंदेखि कीर्तिपुर क्षेत्रसहित ललितपुर जिल्लामा झन्डै ४० हजार बिरुवा रोप्न मद्दत गरेका छन् । आजको प्रयासले यो यात्रालाई मात्र प्रतिबिम्बित गर्दैन, यसले एक ठूलो, दीर्घकालीन प्रभाव पनि थप्छ—जुन हरेक वर्ष बित्दै जाँदा अझ बढ्दै जान्छ ।

प्रत्येक रूख हरियाली मात्र होइन; यसले आशा, जिम्मेवारी र भावी पुस्ताप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछ ।”

Logo