काठमाडाैं । भारतीय विद्युतीय उपकरण निर्माता कम्पनी ‘लेजर इन्डिया प्राइभेट लिमिटेड’ले नेपाली उपभोक्ताका लागि ऊर्जा बचत, अत्याधुनिक प्रविधि र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्यका साथ आफ्नो बजार रणनीतिलाई थप तीव्र बनाएको छ ।
४० वर्षभन्दा लामो औद्योगिक पृष्ठभूमि बोकेको यस कम्पनीले विगत एक दशकदेखि नेपालमा आफ्ना गुणस्तरीय उत्पादनहरू बिक्री गर्दै आएको छ । हाल राजधानीकाे भृकुटीमण्डपमा जारी ‘फिन इलेक्ट्रो–टेक २०२६’ प्रदर्शनीमा सहभागी हुँदै कम्पनीले आफ्ना विभिन्न अत्याधुनिक घरेलु उपकरणहरू प्रदर्शन गरिरहेको छ, जसलाई अवलोकनकर्ताहरूले निकै रुचाएका छन् ।
कम्पनीका सीईओ विशाल अखौरीका अनुसार लेजर इन्डियासँग सामान्य पङ्खादेखि लिएर बीएलडीसी (ब्रसलेस डाइरेक्ट करेन्ट) प्रविधिमा आधारित ऊर्जा बचत गर्ने पङ्खाहरूको विस्तृत शृङ्खला उपलब्ध छ । आजको नेपाललाई पावर सेभिङसँगै सुरक्षा र सेवा पनि अन्तर्निहित भएका उत्पादनहरूको खाँचो रहेको औंल्याउँदै कम्पनीले ‘कटिङ एज’ प्रविधियुक्त इन्डक्सन चुल्हो, इन्फ्रारेड कुकटप, एयर फ्रायर, रुम कुलर तथा रुम हिटरजस्ता आधुनिक सामग्री नेपाली बजारमा प्रवद्र्धन गरिरहेको छ ।

चार दिनसम्म चल्ने उक्त मेलामा ग्राहकबाट प्राप्त उल्लेख्य जिज्ञासाले गुणस्तरीय विद्युतीय सामग्रीप्रतिको चासो र विश्वासलाई प्रस्ट पारेको कम्पनीको भनाइ छ ।

प्रदर्शनीमा पाएको उत्साहजनक प्रतिक्रियाबाट उत्साहित हुँदै लेजर इन्डियाले अब आफ्नो व्यापारलाई काठमाडाैं बाहिरका प्रमुख सहर तथा टाउनहरूमा समेत विस्तार गर्ने रणनीति बनाएको छ । बलियो डिस्ट्रिब्युटर सञ्जालमार्फत देशव्यापी रूपमा ऊर्जा दक्ष उपकरणहरूको पहुँच पुर्याउने कम्पनीको लक्ष्य छ ।

चार दशकको उत्पादन अनुभव र स्वदेशमा रहेका ८ वटा ठूला कारखानाको जगमा उभिएको लेजर इन्डिया प्राइभेट लिमिटेड, नेपाली बजारमा एक भरपर्दो र पर्यावरण-मैत्री ब्रान्डका रूपमा स्थापित हुने दिशामा अघि बढिरहेको छ ।































प्रतिक्रिया