काठमाडाैं । वैदेशिक रोजगारीमा रहेका नेपाली र उनीहरूका परिवारलाई लक्षित गर्दै सामसुङ नेपालले आईएमई रेमिटसँगको सहकार्यमा ‘रेमिटमा बेनिफिट’ अफर ल्याएको छ ।
प्रविधिलाई आम नागरिकको पहुँचमा पुर्याउने र विदेशमा रहेका नेपालीहरूको त्यागलाई सम्मान गर्ने उद्देश्यले यो योजना सुरु गरिएको हो । यस अफर अन्तर्गत विदेशबाट आईएमई रेमिटमार्फत पैसा पठाएपछि प्राप्त हुने ‘कन्ट्रोल नम्बर’ लिएर सामसुङको आधिकारिक स्टोरमा जाने ग्राहकले विशेष फाइदा पाउनेछन् ।
ग्राहकले सामसुङका स्मार्टफोन तथा घरायसी सामानको खरिदमा २४ महिनासम्मको सरल किस्ताबन्दी सुविधा, खल्ती वालेटमार्फत क्यासब्याक र एनसेलको बोनस डेटा प्राप्त गर्न सक्नेछन् ।
विदेशमा बसेर परिवारलाई खुसी दिनु नै प्रवासी नेपालीको सबैभन्दा ठूलो सपना हुने भएकाले रेमिट्यान्स केवल पैसा मात्र नभई माया र सहयोगको माध्यम हो भन्ने भावनालाई यस अफरले समेटेको कम्पनीकाे भनाइ छ ।





























प्रतिक्रिया