आज पनि सुनचाँदीको भाउ घट्यो

आज पनि सुनचाँदीको भाउ घट्यो

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । गएका दुई दिनमा तोलामा ५ हजार २ सय रुपैयाँ घटेको सुनको भाउ आज पनि घटेको छ। आज तोलामा ५ हजार २ सय नै घटेर सुनको भाउ तोलाको २ लाख ७८ हजार ३ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएका तीन दिनमा सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँ घटिसकेको छ। सुनको भाउ हिजो तोलामा ३ हजार ६ सय घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा झरेको थियो। गएको मंगलबार पनि सुनको भाउ १ हजार ६ सय रुपैयाँ घटेको थियो। गएको शुक्रबार पनि सुनको भाउ तोलामा १० हजार पाँचसय रुपैयाँ घटेको थियो।

त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ। तोलामा २५० रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार २ सय ३५ रुपैयाँमा झरेको छ। हिजो चाँदीको भाउ १०५ रुपैयाँ घटेर ४ हजार ४ सय ८५ रुपैयाँ कायम भएको थियो।

गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

Logo