सूर्यज्योतिको उत्कृष्टताको यात्रामा अर्को सफलता, आईक्यानको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा सम्मान

सूर्यज्योतिको उत्कृष्टताको यात्रामा अर्को सफलता, आईक्यानको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा सम्मान

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (आईक्यान)द्वारा आयोजित ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत अन्तर्गत लाइफ इन्स्योरेन्स क्याटेगोरीमा ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान प्राप्त गरेको छ।

आईक्यानद्वारा सिएफओ कन्क्लेभ २०२६ सँगै २०८३ असार १६ गते काठमाडौंस्थित होटल याक एण्ड यतिमा आयोजित राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन २०२५ पुरस्कार वितरण समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीको तर्फबाट उक्त सम्मान ग्रहण गरेका थिए ।

यो सम्मानले सूर्यज्योति लाइफले वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, जवाफदेहिता, संस्थागत सुशासन तथा सरोकारवालामुखी सूचनाको प्रभावकारी प्रस्तुतीकरणप्रति निरन्तर अवलम्बन गर्दै आएको उच्च प्रतिबद्धतालाई थप पुष्टि गरेको छ। कम्पनीले प्रकाशित गरेको वार्षिक प्रतिवेदनले कम्पनीको वित्तीय अवस्था, संस्थागत रणनीति, दिगोपन तथा संस्थागत सुशासनका अभ्यासहरूलाई प्रभावकारी र मापदण्डअनुसार प्रस्तुत गरेको थियो।

यस अवसरमा कम्पनीले आफ्ना सम्पूर्ण बीमित, शेयरधनी, नियामक निकाय, अभिकर्ता, कर्मचारी, व्यावसायिक साझेदार तथा सम्पूर्ण सरोकारवालाप्रति निरन्तर विश्वास, साथ र सहयोगका लागि हार्दिक आभार व्यक्त गरेको छ।

Skip This
Skip This
Logo