चेरी क्यू अर्बन क्रसओभर ‘नाइमा मोविलिटी एक्स्पो २०२६’ मा सार्वजनिक भित्रिँदै

चेरी क्यू अर्बन क्रसओभर ‘नाइमा मोविलिटी एक्स्पो २०२६’ मा सार्वजनिक भित्रिँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चेरीले नेपालमा आफ्नो नयाँ शतप्रतिशत विद्युतीय अर्बन क्रसओभर ‘चेरी क्यू’ सार्वजनिक गर्ने तयारी गरेको छ। आधुनिक शहरी जीवनशैलीलाई मध्यनजर गर्दै डिजाइन गरिएको चेरी क्यू नाइमा माेविलिटी एक्स्पाे २०२६ मा सार्वजनिक गरिनेछ।

उन्नत विद्युतीय प्लेटफर्ममा आधारित चेरी क्यूले आकर्षक डिजाइनसँगै फराकिलो तथा व्यावहारिक इन्टेरियर प्रदान गर्दछ। यसमा ३७५ लिटरको बुट स्पेस उपलब्ध छ, जसलाई पछाडिका सिट फोल्ड गर्दा १,४५० लिटरसम्म विस्तार गर्न सकिन्छ। चेरी क्यूमा ९० किलोवाटको परमन्ट म्याग्नेट इलेक्ट्रिक मोटर तथा ४१.२ प्रतिघण्टा एएफपी ब्याट्री जडान गरिएको छ।

रियर–ह्विल ड्राइभ प्रणालीसहित उपलब्ध यस गाडीले एनईडिसी मापदण्डअनुसार करिब ४०० किलोमिटरसम्म यात्रा गर्न सक्ने अपेक्षा गरिएको छ। अत्याधुनिक प्रविधि, व्यावहारिक उपयोगिता तथा उत्कृष्ट विद्युतीय कार्यसम्पादनको संयोजनले चेरी क्यूलाई नेपाली बजारमा बहुप्रतीक्षित विद्युतीय सवारीसाधनका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ।

चार्जिङ सुविधाका हिसाबले पनि चेरी क्यू अत्यन्तै प्रभावकारी रहेको छ। यसमा ८५ किलोवाटसम्मको डिसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ, जसले ब्याट्रीलाई ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म मात्र १६ मिनेटमा चार्ज गर्न सक्षम बनाउँछ। साथै, भीटुएल सुविधामार्फत बाह्य विद्युतीय उपकरणहरू सञ्चालन गर्न पनि सकिन्छ।

चेरी क्यू ३ भेरियन्ट, ५ वटा आकर्षक बाहिरी रङ तथा २ वटा प्रिमियम इन्टेरियर कलर थिममा उपलब्ध हुनेछ । नेपालको बढ्दो विद्युतीय सवारी बजारलाई लक्षित गर्दै डिजाइन गरिएको यस गाडीले आधुनिक प्रविधि, सहज प्रयोग र उत्कृष्ट कार्यसम्पादनको संयोजनमार्फत शहरी विद्युतीय गतिशीलतामा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।

चेरी क्यू को आधिकारिक सार्वजनिक प्रदर्शन तथा मूल्य घोषणा आगामी ११ देखि १६ अगस्ट २०२६ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा माेविलिटी एक्स्पाेमा गरिनेछ।

Skip This
Skip This
Logo