दूरसञ्चार प्राधिकरणको अध्यक्षमा यी ९ जनाको दाबेदारी, अन्तरवार्ता पनि तय

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा यी ९ जनाको दाबेदारी, अन्तरवार्ता पनि तय

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष तथा विभिन्न सदस्य पदहरूका लागि शर्टलिस्ट सार्वजनिक भएको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आवेदन दिएका उम्मेदवारहरूमध्येबाट योग्यता र अनुभवका आधारमा संक्षिप्त सूची तयार गरी अन्तरवार्ता र कार्ययोजना प्रस्तुतिकरणको मिति समेत तय गरेको हो।

मन्त्रालयका अनुसार प्राधिकरणको सर्वोच्च पद अध्यक्षका लागि ९ जना उम्मेदवारहरू शर्टलिस्टमा पर्न सफल भएका छन्। शर्टलिस्टमा पर्नेहरूमा अर्जुन घिमिरे, अनन्त मान सिंह, अनिल कुमार झा, अमलेन्दु नारायण सिंह, जनार्दन भट्ट, मधु सुदन दाहाल, राजिब सुब्बा, सलाउल्लाह खान र सुशिल प्रसाद साह रहेका छन्। यी उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण र अन्तरवार्ता आउँदो बुधबारका लागि तय गरिएको छ।

यसैगरी, प्राधिकरणको प्राविधिक र प्रशासनिक सदस्य पदका लागि पनि ९ जनाकै नाम संक्षिप्त सूचीमा समेटिएको छ। जसमा अनन्त मल्लिक, अनिलराज गौतम, आशिष शर्मा, जनार्दन भट्ट, ज्ञानेन्द्र खतिवडा, दिपेन्द्र बहादुर शाह, नविन जि.सि., नारायण प्रसाद काफ्ले र विमल प्रकाश साह रहेका छन्।

बजार व्यवस्थापन सदस्य पदका लागि भने ४ जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन्। यस पदका लागि दयानाथ दास, विपिन चुहान, रमेश कुमार श्रेष्ठ र सुजिता श्रेष्ठ शर्टलिस्टमा परेका हुन्। यी उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण र अन्तरवार्ता आउँदो बिहीबारमा हुने मन्त्रालयले जनाएको छ।

Logo