घरेलु तथा साना उद्योग महासंघको नयाँ नेतृत्व चयन, अध्यक्षमा शोभा गुरुङ

घरेलु तथा साना उद्योग महासंघको नयाँ नेतृत्व चयन, अध्यक्षमा शोभा गुरुङ

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले शोभा गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यसअघि उपाध्यक्ष रहनुभएकी गुरुङले केन्दीय महिला उद्यमी समिति अध्यक्ष तथा महासंघको विभिन्न जिम्मेवारीमा काम काम गरिसकेकी छन् ।

महासंघको ललितपुरमा सम्पन्न २६ औ राष्ट्रिय महाधिवेशन तथा २३ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट निवर्तमान अध्यक्षमा उमेशप्रसाद सिँह, वरिष्ठ उपाध्यक्षमा डम्बर प्रसाद रेग्मी तथा उपाध्यक्षहरुमा लघु उद्यमतर्फ पूर्ण बहादुर भण्डारी, घरेलु उद्योगतर्फ सत्य नारायण अग्रवाल, साना उद्योगतर्फ यादव कुमार अधिकारी, अन्तराष्ट्रिय सम्बन्धतर्फ हरीहर थापा, महिलातर्फ जानकी प्रधान, वस्तुगततर्फ मोहन कटुवाल, एसोसियट्सतर्फ रामनाथ मैनाली, सहकारीतर्फ सत्य नारायण प्रजापती, कृषितर्फ चन्द्र वहादुर वुढा क्षेत्री र नविकरणीय उर्जातर्फ गुणराज ढकाल निर्वाचित भएका छन् ।

महासंघको महासचिवमा विनोद देव पन्त, कोषाध्यक्षमा बिरेन्द्र जती, सचिवमा प्रेम वहादुर डि.सी. र सह कोषाध्यक्ष हेम विक्रम जि.सी. रहेका छन् । यसैगरी कोशी प्रदेश सदस्यहरुमा गोपाल काफ्ले, शरण कुमार राई र रुपा कुमारी श्रेष्ठ तथा मधेश प्रदेश सदस्यहरुमा उमेश दाहाल, नविन कुमार यादव र पूर्ण कुमारी कार्की चयन भएका छन् ।

वागमती प्रदेश सदस्यहरुमा तारानिधि पोखरेल, रमेश ढुंगाना र पदम कुमारी कार्की तथा गण्डकी प्रदेश सदस्यहरुमा गोपी अधिकारी र विन्दु पोखरेल काफ्ले चयन भएका छन् ।

लुम्विनी प्रदेश सदस्यहरुमा बसन्त रोक्का क्षेत्री, राम चरण वि.सी. र प्रेम कुमारी पुन तथा कर्णाली प्रदेश सदस्यहरुमा अजय वहादुर गिरी, राम कृष्ण चौलागाई र सुजता कंडेल रहेका छन् भने सुदूर पश्चिम प्रदेश सदस्यहरुमा भिम वहादुर कुंवर र महेश प्रसाद दाहाल रहेका छन् ।

खुल्ला सदस्यहरुमा अमृत प्रसाद सिग्देल, अष्टमान मर्हजन, अष्टमान मर्हजन, कनैयालाल कसौधन, जंग बहादुर गिरी, पवन अधिकारी, प्रदिप प्रसाद उदय, फुर्वा दोर्जे शेर्पा, बसन्त कुमार मर्हजन, बिक्रम सापकोटा, लवराजा सिंह, लक्ष्मण ग्वाछा, शिवलाल गिरी, सितम भण्डारी, सुर्य वहादुर थापा चयन भएका छन् ।

महिला सदस्यहरुमा उमा कुमारी खत्री, कमला बास्कोटा रिजाल, तुलसा कुमारी कंडेल, रुपा देवी श्रेष्ठ, लक्ष्मी घिमिरे बस्नेत, लिला कुमारी पाण्डे, शर्मिला अधिकारी छन् । सदस्यहरु -वस्तुगत संघ) तर्फ कुमार कसजु श्रेष्ठ, ङिमा शेर्पा, ठाकुर प्रसाद न्यौपाने, राम कृष्ण श्रेष्ठ, रामहरी तोलाङ र रीता ढकाल दवाडी रहेका छन् । साथै सदस्य -एशोसियटस) तर्फ ईन्द्र बहादुर थापा क्षेत्री, खडक बोगटी, खोजराज कटुवाल, बसन्त कुमार पाण्डे, मन्दिरा मर्हजन तथा सदस्य -सहकारी) तर्फ अमृत बहादुर कार्की, कृष्णराम ग्वाछा र सदस्य -नविकरणीय उर्जा) तर्फ एब वहादुर मगर, कृष्ण प्रसाद ढकाल, तेज नारायण ठाकुर, प्रकाश विक्रम बस्नेत, सुलोचना खतिवडा रहेका छन् ।

यस्तै केन्दीय महिला उद्यमी समिति तर्फ अध्यक्षमा रीता अवाल निवार्चित रहेका छन् । समितिको वरिष्ठ उपाध्यक्षमा शान्ति शर्मा, उपाध्यक्ष -उद्यम व्यवसाय) शर्मिला खत्री, उपाध्यक्ष -संगठन) सोनी महतो महासचिवमा सुलोचना श्रेष्ठ, कोषाध्यक्षमा मिना तामाङ र सचिवमा दिपा शाक्य निर्वाचित रहेका छन् ।

महिला उद्यमी समिति सदस्यहरुमा अर्चना सिलवाल कंडेल, इरा शर्मा प्रसाई, कुमारी राधिका ऐर, कृष्णा कुमारी पौड्याल, गीता सिम्खडा, पविता गिरी, प्रकृती खडका, रीता भट्टराई, विमला थापा, सुमित्रा सापकोटा, सरीता श्रेष्ठ, सुजिता दुवाल बैदार रहेका छन् ।

Logo