काठमाडौं । नेपालका लागि सामसुङको आधिकारिक वितरकले आफ्नो लोकप्रिय ‘ए’ सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी ए२७ ५जी नेपाली बजारमा सार्वजनिक गरेको छ।
विशेषगरी युवा पुस्तालाई लक्षित गर्दै ल्याइएको यस डिभाइसमा अत्याधुनिक एआई फिचर्स, प्रिमियम कार्यक्षमता, मजबुत सुरक्षा र ६ वर्षको लामो सफ्टवेयर सपोर्ट उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
नयाँ फोन सार्वजनिक गर्दै सामसुङ नेपालका मोबाइल एक्सपिरियन्स बिजनेसका सिनियर डिरेक्टर प्रणय रत्न स्थापितले नयाँ ग्यालेक्सी ए सिरिजले प्रविधिमा एआईको लोकतान्त्रिकीकरण गर्ने प्रतिबद्धतालाई निरन्तरता दिएको बताए । उनले भने, “उत्कृष्ट ‘असम इन्टेलिजेन्स’ र सामसुङका आधारभूत सुविधाहरूसहित ग्यालेक्सी ए२७ ५जीले प्रयोगकर्ताहरूलाई भरपर्दो दैनिक कार्यक्षमता प्रदान गर्नेछ। यसका साथै, २४ महिनाको विस्तारित सरल किस्ता सुविधाले यो प्रविधिलाई सहजै उपभोक्ताको पहुँचमा पुऱ्याउने हाम्रो विश्वास छ।”
७.८ एमएमको आकर्षक र स्लिम बडीमा उपलब्ध यस फोनमा ६.७ इन्चको एफउचडीप्लस सुपर अमोलेड डिस्प्ले छ, जसले १२० हर्ज सम्मको रिफ्रेस रेट सपोर्ट गर्दछ। सामसुङले यस पटक अपग्रेड गरिएको ‘इन्फिनिटी-ओ’ पञ्च-होल डिजाइन प्रयोग गरेर डिस्प्लेमा देखिने क्यामेराको भागलाई अझ सानो बनाएको छ, जसले प्रयोगकर्तालाई झनै उत्कृष्ट भिजुअल अनुभव प्रदान गर्दछ। यो फोन लाइट ग्रीन, लाइट पिंक र ब्ल्याक गरी तीन आकर्षक रंगहरूमा उपलब्ध छ।
कार्यक्षमतालाई सुदृढ बनाउन ग्यालेक्सी ए२७ ५जीमा ४ एनएम प्रविधिमा आधारित स्न्यापड्रागन ६ जेन ३ मोबाइल प्लेटफर्म प्रयोग गरिएको छ। यसले गर्दा प्रयोगकर्ताहरूले बिना कुनै ढिलाइ सजिलैसँग मल्टिटास्किङ गर्न, भिडियो स्ट्रिम गर्न र एआई एप्लिकेसनहरू चलाउन सक्छन्।
दैनिक जीवनलाई सहज बनाउन यस डिभाइसमा एआईमा आधारित भ्वाइस ट्रान्सक्रिप्सन फिचर राखिएको छ, जसले विद्यार्थी र कामकाजी पेशेवरहरूलाई मिटिङ वा लेक्चरहरू सहजै रेकर्ड र डकुमेन्ट गर्न मद्दत गर्दछ। यसका साथै यो फोनले गुगल जेमिनाई र पर्प्लेक्सिटी जस्ता एआई असिस्टेन्टहरू सपोर्ट गर्दछ भने फोटो ग्यालेरी जस्ता नेटिभ एपहरूसँग यसको गहिरो इन्टिग्रेसन गरिएको छ।
क्यामेराको कुरा गर्दा यसमा ५० एमपीको मुख्य ओआईएस क्यामेरा, ५ एमपीको अल्ट्रा-वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरासहितको त्रिपक्षीय रियर क्यामेरा सेटअप छ भने सेल्फीका लागि १२ एमपीको फ्रन्ट क्यामेरा दिइएको छ। ५००० एमएएचको शक्तिशाली ब्याट्री र २५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने यो फोन एन्ड्रोइड १६ र वान युआई ८.५ मा सञ्चालित छ। सुरक्षाका लागि यसमा सामसुङ नक्स भल्ट र पानी तथा धुलो प्रतिरोधी क्षमताका लागि आईपी६४ रेटिङ प्रदान गरिएको छ।
नेपाली बजारमा ग्यालेक्सी ए२७ ५जी दुईवटा भेरियन्टमा उपलब्ध गराइएको छ। जसअन्तर्गत ८ जीबी र्याम र ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य NPR ६९,९९९ तोकिएको छ, जसलाई ग्राहकहरूले १२ महिनाको अवधिका लागि प्रतिमहिना NPR ३,२५० वा २४ महिनाका लागि प्रतिमहिना रुपैयाँ १,८९९ को इएमआईमा खरिद गर्न सक्नेछन्।
त्यसैगरी, ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ५५,९९९ रुपैयाँ तोकिएको छ, जसलाई ग्राहकहरूले १२ महिनाका लागि प्रतिमहिना २,५५० रुपैयाँ वा २४ महिनाका लागि प्रतिमहिना १,५१९ रुपैयाँको किस्तामा खरिद गर्न सक्नेछन्।
यो फोन केवल नागरिकता पेस गरेर शून्य प्रतिशत डाउन पेमेन्टमा आकर्षक २४ महिने इएमआई सुविधाका साथ खरिद गर्न सकिन्छ। थप रूपमा, सामसुङले आकर्षक एक्सचेन्ज योजना पनि ल्याएको छ, जसमा ग्राहकहरूले आफ्नो पुरानो फोन साटेर नयाँ फोन लिँदा पुरानो डिभाइसको मूल्याङ्कन मूल्यका अतिरिक्त थप ८ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउनेछन्।
यो फोन खरिद गर्दा ग्राहकहरूले एनसेलको तर्फबाट १२० जीबी डेटा बोनस समेत प्राप्त गर्नेछन्।






























