आज सेयर बजारमा हरियाली, ४ अर्ब १७ करोडमाथिको कारोबार

आज सेयर बजारमा हरियाली, ४ अर्ब १७ करोडमाथिको कारोबार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेप्से परिसूचकमा आज सकारात्मक सुधार देखिएको छ। आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक १४.०० अंक (अर्थात् ०.५४ प्रतिशत) ले वृद्धि भई २,५९०.२९ को विन्दुमा पुगेको छ।

आज बजारमा कारोबार रकममा पनि राम्रो उत्साह देखिएको छ। दिनभर कुल ३६२ वटा स्क्रिप्स (कम्पनी तथा डिबेन्चर) को ३८,८३६ पटकको कारोबारमा ८४ लाख ७३ हजार ०१६ कित्ता सेयर खरिदबिक्री भएका छन्। जसबाट कुल कारोबार रकम ४ अर्ब १७ करोड ३९ लाख ८ हजार ४९ रुपैयाँ ६४ पैसा पुगेको छ।

बजारमा आज अधिकांश कम्पनीका लगानीकर्ताले कमाएका छन्। कारोबार भएका कम्पनीहरूमध्ये १९५ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ६० वटा कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी १९ वटा कम्पनीको सेयर मूल्य भने अपरिवर्तित रह्यो।

आजको बजारमा सर्वाधिक कमाउने शीर्ष स्थानमा एनएमबी बैंक लिमिटेडद्वारा जारी १०.७५ प्रतिशत ब्याजदर भएको ऋणपत्र ‘एनएमबी डिबेन्चर २०८९/२०९०’ रह्यो, जसको मूल्य ९.२० प्रतिशतले बढेर अन्तिम मूल्य प्रतिइकाई १,४२४.०० रुपैयाँ कायम भयो। त्यस्तै नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य ८.४० प्रतिशतले वृद्धि भई ७९९.९० रुपैयाँ पुगेको छ भने थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ६.२१ प्रतिशतले बढेर ३५०.५० रुपैयाँ कायम भएको छ। सँगसँगै सगरमाथा जलविद्युत कम्पनी लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले पनि क्रमशः ६.०३ प्रतिशत र ५.९८ प्रतिशत कमाएका छन्।

यसैगरी आज सर्वाधिक कारोबार हुने कम्पनीहरूमा हिमालयन बैंक डिबेन्चर २०८३ अग्रस्थानमा रह्यो, जसको ४४ करोड १४ लाख २ हजार १९० रुपैयाँ बराबरको कारोबार भयो। दोस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंक डिबेन्चर २०८८ को ३३ करोड २० लाख ४३ हजार ८८३ रुपैयाँ र तेस्रो स्थानमा रहेको एनआइसी एसिया बैंक डिबेन्चर २०८३/८४ को २१ करोड ८९ लाख ६१ हजार ७०० रुपैयाँको कारोबार भएको छ।

Logo