सिप्रदी अटोपार्ट्सद्वारा च्यानल पार्टनर्सको दोस्रो पुस्ताका लागि उद्यमशीलता विकास तालिम सुरु

सिप्रदी अटोपार्ट्सद्वारा च्यानल पार्टनर्सको दोस्रो पुस्ताका लागि उद्यमशीलता विकास तालिम सुरु

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । टाटा जेन्युइन पार्ट्सका आधिकारिक बिक्रेता सिप्रदि अटोपार्ट्स प्राइभेट लिमिटेडले आफ्ना च्यानल पार्टनर्सको दोस्रो पुस्ता (नेक्स्ट जेनेरेसन) लाई लक्षित गरी पहिलो पटक विशेष उद्यमशीलता विकास तालिम ‘च्यानल पार्टनर्स इन्टरप्रेनरसिप डेभलपमेन्ट २०२६’ को भव्य शुभारम्भ गरेको छ।

काठमाडौंमा आयोजित उक्त सिप्रदी ट्रेनिङ सेन्टरको सहकार्यमा सिप्रदी अटो पार्ट्स प्रा.लि.द्वारा आयोजित विशेष तालिम कार्यक्रम आज औपचारिक रूपमा सुरु भएको हो। स्थापित अटोपार्ट्स व्यवसायलाई निरन्तरता दिन, पुस्तान्तरणलाई सहज बनाउन र नयाँ पुस्ताका युवाहरूलाई विदेश पलायन हुनुको साटो स्वदेशमै रहेर उद्यमशीलताका प्रचुर सम्भावनाहरू पहिल्याउन र आफ्नो व्यवसायलाई आधुनिक तवरले अघि बढाउन मार्गदर्शन गर्ने मुख्य उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो।

यस गरिमामय कार्यक्रमको समुद्घाटन सिप्रदिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरी, सिप्रदि अटोपार्ट्सका सिनियर जनरल म्यानेजर युवराज बुढाथोकी र सिप्रदीकी जनरल म्यानेजर – एचआर शारदा रानाको समुपस्थितिमा सम्पन्न भएको थियो । पानसमा दीप प्रज्वलन गरी सुरु गरिएको उक्त समुद्घाटन समारोहमा पहिलो चरण अन्तर्गत हाल ९ जना च्यानल पार्टनर्सका उत्तराधिकारी युवा व्यवसायीहरूको सहभागिता रहेको छ।

उद्घाटन सत्रको क्रममा सहभागी सबै युवाहरूले यस तालिम कार्यक्रमबाट आफूहरूले राखेका सकारात्मक अपेक्षाहरू तथा आफ्नो व्यावसायिक दृष्टिकोण र योजनाका बारेमा आ-आफ्नो धारणा स्पष्ट रूपमा राखेका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिप्रदीका पदाधिकारीहरूले भने, “नेपालको अटोपार्ट्स व्यवसायलाई अझ बढी व्यवस्थित, डिजिटल र आधुनिक बनाउन नयाँ पुस्ताको भूमिका महत्त्वपूर्ण हुन्छ । युवाहरू वैदेशिक रोजगारी वा अध्ययनका लागि विदेश जानुभन्दा स्वदेशमै रहेर आफ्नै रैथाने व्यवसायलाई आधुनिक प्रविधि र नवीनतम सोचका साथ अगाडि बढाएमा देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ। स्थापना कालदेखि संचालनमा रहेका व्यवसायको जगमा उभिएर त्यसलाई नयाँ उचाइमा पुर्‍याउन यो उद्यमशीलता विकास तालिम एक कोेसेढुङ्गा सावित हुनेछ।”

सिप्रदी अटोपार्ट्सले आगामी दिनहरूमा यस तालिमलाई थप विस्तार गर्दै देशैभरिका अन्य च्यानल पार्टनर्सका भावी उत्तराधिकारीहरूलाई समेत समेट्ने र सम्बोधन गर्ने दीर्घकालीन योजना बनाएको छ । यस तालिमले भावी मालिकहरू तथा व्यवस्थापकहरूलाई टाटा जेन्युइन पार्ट्सको बजार बुझ्न, वैज्ञानिक तरिकाले व्यवस्थापन गरी नाफा बढाउन र डिजिटल प्रविधिको प्रयोग गरी व्यवसाय विस्तारको ठोस योजना बनाउन पूर्ण रूपमा सक्षम बनाउने अपेक्षा गरिएको छ।

Logo