आज पनि सुनचाँदीको मूल्यमा वृद्धि

आज पनि सुनचाँदीको मूल्यमा वृद्धि

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा सुन आज तोलामा ३०० र चाँदी २५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ५०५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ ४ हजार ४८० रुपैयाँ निर्धारण भएको थियो ।

गत मङ्गलबार प्रतितोला छापावाल सुनको मूल्य २ लाख ८५ हजार ६०० र त्यति नै परिमाणको चाँदी ४ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३३ र चाँदी ५९अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Logo