काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले पोखरास्थित बर पीपल रिसोर्टमा विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। यस सम्बन्धमा सिद्धार्थ बैंक र बर पीपल रिसोर्टबीच छुट सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।
सम्झौताअनुसार लेकसाइड, पोखरास्थित बर पीपल रिसोर्टमा बैंकका ग्राहकले सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।
यस्तै, नारी डेबिट कार्ड र प्लेटिनम क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ।
बैंकका अनुसार यो सहकार्यले ग्राहकलाई थप सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारलाई घटाउँदै डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ।
छुट सुविधासम्बन्धी थप जानकारीका लागि ग्राहकले सिद्धार्थ बैंकको २४सै घण्टा सञ्चालनमा रहेको ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ।




















