एकै दिन ९ सयले बढ्यो सुन, चाँदीको भाउ भने घट्यो

एकै दिन ९ सयले बढ्यो सुन, चाँदीको भाउ भने घट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । आज सुन ९ सयले बढेको हो ।

आइतबार सुनको मूल्य प्रतितोला ९५ हजारमा कारोबार भएकोमा सोमबार पनि सोहि मूल्यमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार मंगलबार सुन प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको थियो । आज सुन ९६ हजार ३ सयमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९५ हजार ८ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने आज ५ रुपैयाँ घटेको छ । चाँदी आज प्रतितोला १ हजार २०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Logo