५० किलो गुणस्तरहीन मिठाइ नष्ट

५० किलो गुणस्तरहीन मिठाइ नष्ट

केन्द्रबिन्दु
0
Shares

हेटौैँडा, १ कात्तिक । जिल्ला प्रशासन कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकाको संयुक्त टोलीले आज हेटौँडा बजारमा रहेका विभिन्न मिठाइ पसलको अनुमगन गरी गुणस्तरहीन ५० किलो मिठाइ नष्ट गरेको छ ।

तिहारको अवसरमा अनुगमन टोलीले हेटौँडाका विभिन्न मिठाइ पसलमा अनुगमन गर्दा मिठाइमा अखाद्य रङ मिसाइएको पाइएकाले उक्त परिणामको मिठाइ नष्ट गरिएको निमित्त प्रजिअ विनोद खड्काले बताए । ।

Logo