– एसके बैश्य
काठमाडौं, २ असोज । फ्लोरिकल्चर एशोसिएशन नेपालले आफ्नो रजत जयन्तीको अवसर पारेर सोमवार विमानवाट यात्रा गर्ने ५ हजार यात्रुहरुलाई पुष्प गुच्छा प्रदान गरेको छ ।
त्रिभुवन अन्तर्राट्रिय बिमानस्थलको हवाई मार्ग हुदैं नेपाल आएका र विदेश जान लागेका यात्रुलाई पुष्प गुच्छा प्रदान गरिएको हो । पुष्प तथा पुष्पजन्य बस्तुहरुको प्रयोगका लागि जनचेतना जगाउने उद्देश्यले हवाई यात्रुलाई पुष्प प्रदान गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । स्वदेशमा उत्पादन हुने पुष्पजन्य बस्तुको प्रयोग गरौं भनेर सर्वसाधारणलाई जानकारी दिनका लागि उक्त कार्यक्रम आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए । एशोसिएशनले अन्तराष्ट्रिय टर्मिनलमा ३ हजार र आन्तरिक टर्मिनलमा २ हजार यात्रुहरुलाई पुष्प गुच्छा प्रदान गरेको थियो ।
पुष्प ब्यबसायको बजार प्रबद्र्धन गर्नका लागि जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको पुष्प ब्यबसायी तथा ग्लोबल फ्लोराका अध्यक्ष संजीब कार्कीले बताए । खुशी र दुखको जुनसुकै बेलामा पनि प्रयोग गरिने पुष्पजन्य बस्तुहरुको प्रयोगलाई ब्यापक बनाउँदै नेपाली उत्पादनको प्रयोग अन्तर्राष्ट्रियस्तर सम्म पुरर्याउने लक्ष्य रहेको फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ ।





























प्रतिक्रिया