केन्द्रबिन्दु सम्बाददाता
काठमाडौं, २३ भदौ । दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै सामसङ नेपालले ‘उत्सवको उमंग सामसङसँग परिवार दङ्ग’ योजना सार्वजनिक गरेको छ ।
योजना अन्तर्गत सामसङको हरेक फोरजी स्मार्ट फोनका खरिदमा सामसङका विभिन्न सामानहरुको एक सेट होम अप्लाइन्सहरु घर लैजाने अवसर मिल्ने कम्पनीले जानकारी दिएको छ । यहि भदौ १६ गतेदेखि कात्तिक १ गतेसम्म लागु हुने योजनामा भाग्यशाली बिजेता भदौ २२ गतेदेखि असोज १० गतेसम्म र असोज १८ गतेदेखि कात्तिक १ गतेसम्म लगातार ३५ दिनसम्म छनौट गरिनेछ ।
दैनिक एकजनाका दरले ३५ जना भाग्यशाली व्यक्तिले सामसङ होम अप्लाइन्सहरु घर लैजाने अवसर प्राप्त गर्ने कम्पनीको दाबी छ । यस्तो उपहारमा ४० इन्चको स्मार्ट टिभी, डबल डोर रेफ्रिजेरेटर, पूर्ण अटोमेटिक फ्रन्टलोड वासिङ मेसिन, माइक्रोवेभ ओभन तथा भ्याक्युम क्लिनर छन् ।
योजनामा सहभागी हुन मोबाइलको मेसेजमा गई सामसङ टाइप गरी स्पेस दिई नयाँ फोरजी मोबाइल सेटको ११ अंकको सिरियल नम्बर राखी ३७७२२ मा पठाउनु पर्दछ ।





























प्रतिक्रिया