ललितपुर मोबाइल एक्स्पोमा ग्राहकहरुको भिड बढ्दै

ललितपुर मोबाइल एक्स्पोमा ग्राहकहरुको भिड बढ्दै

केन्द्रबिन्दु
0
Shares

ललितपुर, २० भदौ । लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले ललितपुरकै सबैभन्दा भव्य र ठूलो चौथो एक्स्पो ललितपुर मोबाइल एक्स्पो २०७४ आयोजना भैरहेको छ ।

कम्पनीले मोबाइल एक्स्पोको अवसर पारेर विभिन्न ब्राण्डका मोबाइल फोनहरुमा आश्चार्यजनक छुट दिईरहेका छन् । उपभोक्ताहरुले मोबाइल खरिद गर्दा ह्वावेको जीआर ५ र पी ९ लाइटमा २५ प्रतिशतसम्मको छुट, सोनीको एक्सपेरिया एक्सजेडमा ३० प्रतिशतसम्मको छुट दिइएको छ । त्यसैगरि मोबाइल एक्स्पो अवधिभर लाभाको लाभा एक्स वान प्लस, लाभा एक्स ८, लाभा पिक्सेल भी२ प्लस, लाभा ८६०, लाभा ग्राण्ड २, लाभा ग्राण्ड २ सी फोनहरुमा पनि २५ प्रतिशत नगद छुट दिईएको छ ।

त्यसैगरि हात खालि नजाने उपहारहरु पनि प्रत्येक मोबाइल खरिदमा राखिएको छ । जसअन्तर्गत हरेक मोबाइलको खरिदमा हात खाली नजाने योजनामा पावर ब्यांक, मेमोरी कार्ड, ब्लूटूथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पीकर रहेका छन् ।

कम्प्लेक्सको एक्स्पोको बेलामा दिने अफरहरुसँगै विभिन्न मोबाइल कम्पनीहरुले ल्याएका अफरहरु पनि साथमा लागू गरेको छ । जसमा स्क्रयाच अफर, एसएमएस योजना, बम्पर पुरस्कारमा बाईक उपहार, क्यासब्याक, विभिन्न देशको टूरलगायत रहेका छन् ।

कम्प्लेक्सले ग्राहकहरुलाई सस्तो मूल्यमा विभिन्न ब्राण्डका फोनहरु बिक्री गरिरहेको अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिनुभयो ।

हामीले सबैभन्दा सस्तो मुल्यमा स्मार्टफोनहरु बिक्री गरिरहेका छौं, जसले गर्दा हाम्रो स्टक सकिएको छ । अझै ग्राहकहरुले गुणस्तरीय र ब्राण्डेड मोबाइल सुपथ मुल्यमा किनिरहेका छन् । सबैलाई यो मौकाको फाईदा उठाउन हामी आग्रह गर्दछौं, अध्यक्ष बस्नेतले भने ।

एक्स्पोमा सामसुंग, ह्वावे, जियोनी, कलर्स, आईफोन, एचटिसी, नोकिया , डिटिसी, ओवीआई, लाभा, सोनी, वन प्लस लगायत ब्राण्डका फोनहरु उपलब्ध रहेका छन् ।
नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसर पारेर कम्पनीले यहि भदौ १६ गते देखि भदौ २६ गतेसम्म संचालन हुनेगरि ललितपुर मोबाइल एक्स्पो २०७४ आयोजना गरिरहेको हो ।

Logo