कुन कुन हुन् काठमाडौं उपत्यकाभित्रका १० चर्चित बजारहरु ?

कुन कुन हुन् काठमाडौं उपत्यकाभित्रका १० चर्चित बजारहरु ?

केन्द्रबिन्दु
3
Shares

काठमाडौं ।

नेपालीहरुको महान चार्डहरू एक पछि अर्काे गर्दै नजिकिंदै छन् । कोरोना महामारीको बिच पनि दशैं र लगतै तिहार नजिकिएसँगै बजारमा पनि केही चहलपहल बढ्दै गएको छ । उपत्यकाका बजारहरु प्रायः सधैभरी चहलपहल हुने गरेका छन् । तर यो वर्ष कोरोना महामारीले गर्दा बाहिरबाट किनमेलको लागि काठमाडौं उपत्यका आउन नपाएकाले पनि बजारहरुमा पहिलेको जस्तै चहलपहल भने भएनन् ।

गाउँ होस् वा सहर, केटाकेटी हुन् वा वृद्धवृद्धासम्म सबैलाई नै दशैं तिहारको रौनक छाउने गर्दछ । तर विगतका वर्षको जस्तो कोरोना भाइरसका कारणले गर्दा यो वर्षका चार्डहरू त्यति रमाइलो नहुने देखिएको छ ।

कोरोना महामारीले रोजगारी समेत गुमाएर आर्थिक अभाव खेपिरहेका छौं । यस्तो अवस्थामा कस्ता ठाँउमा सस्ता र गुणस्तरीय समान कहाँ किन्ने भनेर सबैलाई चिन्ताले छाएको हुनसक्छ । आम मानिसहरु यो बेलामा सस्तो र गुणस्तरीय सामानहरु एकै छानामुनी किन्न चाहन्छन् । तर सस्तो र गुणस्तरीय सामानहरु पाउने ठाउँहरु कहाँ पाइनछन् भनेर थाहा नभएको पनि हुन सक्छ । यो बेला त अझ कोरोना महामारीले कोरोना सर्ने त्रास भइरहेको छ तर पनि मानिसहरु सुरक्षित भएर सस्तो र गुणस्तरीय सामान पाउने बजारको खोजीमा रहेका छन् । ताकि एउटा सामान किन्नका लागि धेरैतिर घुम्नु नपरोस् । हामीले तपाईंहरुको चिन्ता खुल्दुली मेटाउनको लागि खाद्यान्न, लता कपडा लगायतका कुराहरु किनमेल गर्नको लागि १० सस्तो बजारहरुको विषयमा एउटा रिर्पोट तयार पारेका छौं ।

१. अत्याधुनिक होलसेल बिज्नेश कम्प्लेस (एनबीटीसी)

काठमाडौंको कलंकीमा भर्खरै नेपालमै पहिलो पटक खुलेको, सबैभन्दा ठूलो र अत्याधुनिक होलसेल बिज्नेश कम्प्लेस एनबीटीसी अहिलेको सस्तो होलसेल बजार हाे । याे होलसेल मूल्यमा सरल र सहज ढंगबाट गुणस्तरीय सामान किन्ने बजारको रुपमा स्थापना भएको छ । यहाँ होलसेल बजारको लागि एकदमै सस्तो र गुणस्तरीय सामानहरु पाइन्छ ।

काठमाडौंको कलंकी र बल्खुको बीचमा भाटभटेनीको नजिकै रहेको यस विजनेश कम्प्लेक्समा निर्धक्क किनमेल गर्न सकिनेछ । पर्याप्त खुल्ला ठाउँ, पार्किङ, सुरक्षा व्यवस्थापन र व्यवस्थित ट्रान्सपोटेशनको सुविधा रहेको यस कम्प्लेक्समा एउटै छानामूनि करिव १ हजार वटा पसलहरु रहेका छन् ।

यहाँ गुणस्तरीय सामान सर्वसुलभ मूल्यमा महिला र पुरुष दुवैका लागि आवश्यक रेडिमेड लत्ताकपडा, जुत्ता चप्पल, व्याग, कुर्ता सलवार, क्याप, पर्स, बेल्ट, टावेल, ब्लयाङकेट, कस्मेटिक्स आइटम इत्यादि सामानहरु एउटै छानामूनि सरल र सुलभदरमा खरिद गर्न सकिनेछ ।

२. भृकुटीमण्डप
नेपालको राजधानी काठमाडौंको मुटुमा रहेको भृकुटीमण्डप बच्चादेखि वृद्धवृद्धासम्मको लागि सबै थरीका सामान पाउने सस्तो बजारको रुपमा स्थापित रहको छ । यहाँ बच्चा, महिला पुरुष सबैको लागि चाहिने सम्पूर्ण आवश्यकताका सामान समेत सर्वसुलभ मूल्यमा पाइनेछ । सर्वसाधारणका लागि विगतदेखि नै सस्तो बजारको रुपमा लोकप्रिय रहेको छ । विगतका वर्षहरुमा चाडपर्व लागेदेखि नै बाक्लो भिड लाग्ने गरेको छ । मानिसहरु सामान किन्नको लागि भृकुटीमण्डपलाई नै राज्नी भएकाले दशैंमा भिडले भित्र पस्न समेत मुस्किल पर्ने गरेको हुन्थो तर यो वर्ष भने कोरोना महामारीको प्रभावले गत वर्षको भन्दा निकै भिड घटेको छ ।

३.लगनखेलको मिनी बजार
सस्तो र सर्वसुलभ मूल्यमा गुणस्तरीय सामान उपलब्ध रहेको लगनखेलको मिनी बजार पनि सर्वसाधरणका लागि निकै लोकप्रिय बन्दै आएको छ । काठमाडौंको विभिन्न स्थानको सस्तो बजार मध्येको एउटा बजारको रुपमा यसलाई पनि लिन सकिन्छ । यो बजारमा पनि मानिसहरुको आवश्यकता पर्ने रेडिमेड लताकपडादेखि जुताचप्पल सबै डिजाइनमा पाइन्छ । यहाँ जुनसुकै चाडपर्व आए पनि सामान किन्ने मानिसहरुको भिड लाग्ने गर्दछ ।

४.सुन्धारा
काठमाडौंको मुटुमा रहेको सुन्धारामा पनि फुटपाथका पसलहरु सञ्चालनमा आउने गरेका छन् । सुन्धारा काठमाडौंको सबै स्थानमा जानका लागि पायक पर्ने स्थान रहेको छ । यहाँ उपत्यकाका सबै क्षेत्रमा जाने सवारी लाग्ने हुँदा साँझ परेपछि बजार लाग्ने गरेको छ ।
यहाँ बजार पनि सस्तो बजारको रुपमा लिने गरिन्छ । ठूला महल र पसलहरुमा महँगो पर्ने सामान यहाँको पसलमा पाइने हुँदा सर्वसाधारणहरु यही बजारमा सामान खरिद गर्ने गर्दछन् । यो बजारमा मानिसहरुलाई चाहिने सबै प्रकारका लताकपडादेखि इलेक्टिक सामान समेत पाइन्छ। कोरोना महामारीको विच पनि अहिले सडक पेटीमा समेत बजार लागिरहेको छ । अन्य व्यापारिक मल तथा पसलहरुमा भन्दा यस्तो सस्तो बजारमा बिक्रि बढी नै हुने गरेको छ ।

५. रत्नपार्क
रत्नपार्कको बजार पनि सस्तो बजारको रुपमा चल्दै आएको छ । रत्नपार्क पनि काठमाडौं उपत्यकाभरिबाट ठोकिने स्थान भनेको रत्नपार्क हाे । यसले गर्दा पनि यहाँको बजार राम्रै चल्ने गरेको छ । अन्य स्थानको भन्दा यहाँका पसलहरुमा मानिसहरुको भिडभाड लाग्ने गर्दछ ।
यो बजारमा पनि मानिसहरुको आवश्यकताका सम्पूण लत्ताकपडादेखि जुत्ताचप्पलसम्म पाइन्छ । कोरोना महामारी बिचमा पनि यहाँका पसलहरुमा सामान किन्ने मानिसहरुको भिडलाग्ने गरेको छ । यहाँ अन्य स्थानका पसलहरु भन्दा सस्तोमा सामान पाइने हुँदा सर्वसाधारण बीच लोकप्रिय बन्दै गएको छ ।

६.सरकारको सहुलियत पसल
सरकारले वर्षैपिच्छे नागरिकहरुका लागि भन्दै काठमाडौं उपत्यका लगायत देशैभरी सहुलियत पसल सञ्चालन गर्ने गरेको छ । कोरोना महामारीको बिचमा पनि सरकारले काठमाडौं उपत्यकामा ५ र उपत्यका बाहिर २४ स्थानमा सहुलियत पसलहरु सञ्चालनमा ल्याएको छ ।
दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज १५ गते देखि सुपथ मूल्य पसल सञ्चालन गरेर छुट समेत दिने व्यवस्था मिलाएको छ ।सुपथ मूल्य पसलमा सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन तथा दुग्ध विकास संस्थाका सामाग्रीहरु उपलब्ध हुनेछन् ।

सहुलियत पसलमा खाद्यान्नमा प्रति केजी पाँच रुपैयाँ र चिनी तथा तरकारीमा प्रतिकेजी १० रुपैयाँ छुटमा सुपथ पसलमा उपभोक्ताले खाद्यान्न तथा तरकारी पाउने गरेको छ । साथै अनलाइनबाट पनि खरिद गर्न सकिनेछ ।

कम्पनीका अनुसार थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकमा रहेका बिक्री काउन्टरबाट सुपथ मूल्य पसल सञ्चालन भइरहेका छन् । उपत्यकाबाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगन्ज, हेटौंडा, नारायणगढ, पोखरा, बागलुङ र भैरहवामा यस्ता पसल सञ्चालन गरिनेछ । सरकारले टिकापुर, कृष्णनगर, दाङ, सुर्खेत, नेपालगन्ज, धनगढी, महेन्द्रनगर, दिपायल, डँडेलधुरा, बैलौरी र त्रिशूलीमा पनि सुपथ मूल्य पसल सञ्चालन रहेका छन् ।

साल्ट ट्रेडिङ कर्पोरशनले चिनी आम उपभोक्तालाई प्रति केजी ७३ रुपैयाँ, नुन प्रतिकेजी १८ रुपैयाँमा पाइने उपलब्ध रहेको छ भने अन्य दाल, तेल, चामल, नुन गेडागुडीमा केही छुटको व्यवस्था गरेको छ । काठमाडौं उपत्यकामा सरकारले नै दशैंमा उपभोक्ताको लागि खसी बोका तथा च्याङ्ग्रा बिक्रि गरिरहेको छ । १५ देखि २० प्रतिशत सस्तोमा बिक्री गरिरहको छ । जिउँदो खसी ५५० रुपैयाँ केजी मूल्यमा सरकारले बिक्रि गरिरहेको छ ।

७.कोटेश्वर सुन्दर बजार
काठमाडौंको कोटेश्वरमा रहेको सुन्दर बजार पनि एक सस्तो बजारको रुपमा लिन सकिन्छ । यो बजारमा बाहिर सडक पेटीमा लाग्ने बजार देखि भित्री पसलमा समेत सस्तो मूल्यमा मानिसहरुलाई चाहिने रेडिमेड लत्ताकपडादेखि हरेक आइटमका जुत्ताचप्पलहरु पाइन्छ ।
धेरै मानिसहरुको भिडभाड रहने भएकाले पनि कोटेश्वरको बजारमा धेरै मानिसहरुको भिड लाग्ने गरेको छ । सर्वसाधारणहरु माझ कोटेश्वरको सडक पसलदेखि सुन्दर बजारसमेत लोकप्रिय बन्दै गएको छ ।

८. असन क्षेत्र
व्यापारीक हबको रुपमा स्थापित काठमाडौंको इन्द्रचोक, महाबौद्ध, असन क्षेत्र सस्तो बजारको रुपमा लिन सकिन्छ । यहाँको फुटपाथ लाग्ने बजार निकै सस्तो रुपमा लिन सकिन्छ । यो बजारमा सामानहरु सस्तोमा पाउने हुँदा मानिसहरुको धेरै भिड लाग्ने गरेको छ । यहाँ सम्पूर्ण उपयोगी सामानहरु पाइन्छ । कोरोना महामारीको अवस्थामा पनि यो क्षेत्रमा व्यापार व्यवसाय खासै निरासा जनक नरहेको व्यवसायीहरुले बताएका छन् । कोरोना महामारीको अवस्थामा पनि अहिले यो क्षेत्रमा किनमेल गर्ने मानिसहरुको भिड रहेको छ ।

९.भक्तपुरको दरबार क्षेत्रको बजार
भक्तपुरको पाँचतले दरबार स्वायर क्षेत्रको नजिकै रहेको बजारलाई सस्तो बजारको रुपमा लिन सकिन्छ । यस क्षेत्रमा मानिसहरुको भिड लाग्ने गरेकाे छ । यहाँ मानिसहरुका लागि चाहिने सम्पूर्ण सामानहरु पाइन्छ । यो बजार पनि भक्तपुरबासीका लागि सस्तो बजारको रुपमा लोकप्रिय रहेको छ ।

१०.तरकारीको लागि कालिमाटी फलफूल बजार
उल्लेखित बजारहरु प्रायः सबै बजार लत्ता कपडा तथा पहिरन सम्बन्धिका पसलहरु हुन् । तर कालीमाटी फलफूल बजार तरकारीका लागि सस्तो बजार हाे । यहाँ अन्य तरकारी बजार भन्दा सस्तोमा सबै प्रकारका तरकारीहरु पाइन्छ ।

कालीमाटी तरकारी बजारबाट नै काठमाडौं उपत्यकाका बजारहरुमा तरकारी जाने गरेको छ । सबै फलफूल तथा तरकारीको लागि कालीमाटी तरकारी बजार परिचित छ । तरकारी तथा फलफूल कालीमाटी तरकारी बजारमा गएर सस्तोमा खरिद गर्न सकिन्छ ।

Logo