मालपोत, सहकारी, नापी र भूमिहीन सुकुम्बासीसँग सम्बन्धित गुनासो सुन्नका लागि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा टोल फ्री नम्बरको व्यवस्था गरेको छ ।
मन्त्रालयबाट प्रवाह हुने सबै सेवा सम्बन्धी कुनै गुनासो भए पैसा नलाग्ने टोल फ्री नम्बर १६६०११२२६६६ मा फोन गरेर उजुरी दिन सकिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको सेवा प्रवाहका सम्बन्धमा उजुरी तथा सुझावका लागि मन्त्रालयका सहसचिव जनकराज जोशी, उपसचिव टोलराज उपाध्याय र शाखा अधिकृत सञ्जिव नेपाललाई सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।































प्रतिक्रिया