आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

केन्द्रबिन्दु
0
Shares

साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । आज सुन १ सयले घटेको हो । आइतबार पनि १ सयले घटेको थियो ।

गत हप्ता आइतबार सुन ६ सयले बढेको थियो भने सोमबार २ सयले घटेको थियो । यस्तै मंगलबार १५ सय रुपैंयाँले बढेको थियो । बुधबार स्थिर रहेको थियो भने विहिबार ४ सयले घटेको थियो । शुक्रबार ६ सयले घटेको थियो ।

सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुनको मूल्य ९० हजार ७ सय कायम गरिएको छ । यस्तै तेजावी सुनको मूल्य ९० हजार २ सय रहेको छ । यता चाँदीको मूल्य भने आज ५ रुपैयाँले बढेको छ। चाँदी आज १ हजार ३४० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Logo