ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ गतेदेखि आईपिओ निष्काशन गर्ने

ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ गतेदेखि आईपिओ निष्काशन गर्ने


ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ गतेदेखि साधरण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले एक सयका दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई र ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको छ ।

बाँकि रहेको ५९ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आइपिओका लागि फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ । 

आईपिओ निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड पुग्नेछ । 

Logo