नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ । केही दिनदेखि लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि प्रतितोला ९०० ले घटेको छ ।
स्थानीय बजारमा आज छापावाला सुन तोलामा ८५ हजार ६०० मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा ८६ हजार ५०० मा कारोवार भएको थियो ।
यसैगरी तेजाबी सुन प्रतितोला ८५ हजार १५० मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा ८६ हजार ५० मा कारोवार भएको थियो ।
यस्तै चाँदीको मूल्य तोलामा ३५ ले घटेको छ । विहीबार तोलामा एक हजार २८५ मा बिहीबार कारोवार भएको चाँदी आज भने एक हजार २५० मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।































प्रतिक्रिया