आयात बढ्दा चालुखाता घाटामा

आयात बढ्दा चालुखाता घाटामा

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय नेपालमा आयात हुने वस्तुहरुको आयात बढ्दै गएकाले चालुखाता घाटामा गएको छ। समीक्षा अवधिमा चालु खाता १ खर्ब १ अर्ब ९० करोड रुपैयाँले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

समीक्षा अवधिमा चालुखाता एकसय एक अर्ब ९० करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एकसय छ अर्बले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड ६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ८७ करोड १० लाखले घाटामा रहेको छ। 

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ५.७ प्रतिशतले कमी आई ७ अर्ब ८३ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३७.३ प्रतिशतले कमी आई ९ अर्ब २ करोड कायम भएको छ। 
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ८ अर्ब ३० करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो।  समीक्षा अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २१ अर्ब ६१ करोडले बचतमा रहेको थियो। 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ११ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८१ करोड ७६ लाखले बचतमा रहेको छ।

Skip This
Skip This
Logo