नेपालमा डिएफएसके ग्लोरी आई–अटो सार्वजनिक

नेपालमा डिएफएसके ग्लोरी आई–अटो सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

डिएफएसकेको आधिकारीक वितरक कुजु नेपाल प्रालिले डिएफएसकेको एड्भान्स सिरिज ग्लोरी आई–अटो नेपालमा सार्वजनिक गरेको छ । यसअघि ग्लोरी सिरिजका ५६० र ५८० एसयूभी विक्री गर्दै आएकोमा अब नयाँ मोडल आई–अटो थप गरेको
हो । 
 
आई–अटो एक इन्टेलिजेन्ट एसयूभी हो । यसमा रहेका धेरै फिचरहरु भ्वाइस कमान्डबाट चलाउन सकिन्छ । ग्लोरी आई–अटोले ७ सिटर इन्टेलीजेन्ट एसयूभीको उपमा पाएको छ । यो एसयूभी नेपाली बजारमा उपलब्ध समान मूल्यका एसयूभीहरुभन्दा धेरै एड्भान्स फिचरले भरिपूर्ण रहेको छ । डिएफएसकेका एसयूभी लग्जरी तथा उच्च माइलेजका लागि पनि विश्व बजारमा चर्चित रहेका छन् ।

इन्टेलिजेन्ट एसयूभी ग्लोरी आई–अटोमा आईटक नामको एस भ्वाइस कमाण्डको विशेषता पाउन सकिन्छ । यसको सहायताले हाई ग्लोरी कमाण्ड दिएर गाडीलाई विभिन्न खालको कार्य गराउन सकिन्छ । यसको प्रयोगले मूख्यत फोन कल एसेस सिस्टम, मिडिया कमाण्ड, कार कन्ट्रोल, भाइस नेभिगेसन, कनेन्टिभिटी फिचर सञ्चालन गर्न सकिन्छ ।

यस एसयूभीमा बसेपछि फोनबुकमा नम्बर खोजेर डायल गरिरहनु पर्दैन । फोन गाडीसँग कनेक्ट भएपछि सजिलै भ्वाइस कमान्डबाटै डायल गर्ने, फोन उठाउने, फोन कल हिस्ट्री हेर्ने आदिकामगर्न सकिन्छ । मिडिया कमान्डबाट म्युजिक चलाउन र बन्द गर्न, साउन्ड बढाउन वा घटाउने काम बोलेरै गर्न सकिन्छ ।

यसमा रहेको कार कन्ट्रोल कमान्डबाट सजिलै क्लाइमेट कन्ट्रोल चलाउने, अगाडि पछाडिको विण्डो ग्लास खोल्ने बन्द गर्ने, सनरुफ खोल्ने बन्द गर्ने आदि कार्यहरु गाडी चलाउँदा चलाउँदै बोलेरै गर्न सकिन्छ । त्यस्तै गाडी चलाइरहेकै अवस्थामा जीपीएस खोल्ने र बन्द गर्ने भ्वाइस नेभिगेसन तथा ब्लुटुथ र वाईफाई खोन्ने र बन्द गर्न पनि आवाज दिए पुग्छ । यी र यस्ता १ सयभन्दा बढी भ्वाइस कमान्ड दिन सकिनेछ ।

नेपाली बाटोको लागि उपयुक्त १८ इन्चको अलोय ह्वील रहेको यसएस यूभीमा अगाडि र पछाडि दुबैतर्फ एलइडी लाइटको प्रयोग गरिएको छ । दुईवटा एग्जस्ट पाईप, पानारोमिक सनरुफ तथा रुफ रेले ग्लोरी आई–अटोलाई स्पोर्टी बनाएको छ ।

यस एसयूभीमा खुट्टाले नै खोल्न मिल्ने टेल गेट रहेको छ । जसले गर्दा दुवै हातमा सामान लिएर गाडीको बुटमा राख्दा सहज हुन्छ । किलेस इन्ट्री, गाडीको स्टार्ट बन्द गरेपछि आफै फोल्ड हुने ओआरभीएम तथा रेन सेन्सिङ अटो वाइपर जस्ता फिचरआई–अटोमा उपलब्ध छ ।

हिलहोल्ड कन्ट्रोल, ३६० डिग्री क्यामरा र रियर पार्किङ सेन्सरआई–अटोमा उपलब्ध रहेको छ । यसमा जडान भएको अलार्म सिस्टम तथा इमोबीलाइजरले यो गाडी चोरी हुने समस्या कम गर्छ ।

सिक्सवे एट्जस्टेबल ड्राइभर सिट कन्ट्रोल तथा सात सिटसम्म प्रयोग गर्न सकिने सिट अरेन्जमेन्टले पारिवारिक गाडीको रुपमा यसको प्रयोगलाई उत्कृष्ट बनाएको छ । 

ग्लोरी आई–स्मार्टमा १.५ लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १५० पीएस पावर तथा २२० एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ । यो एसयूभी अटोमेटिक गियरबक्समा नेपाल आउनेछ । यसको मूल्य ९०  लाख पर्छ ।

डिएफएसके मोटर कम्पनीको चाइना, अमेरिका, जर्मन, जापान तथा इन्डोनेसियामा आरएण्डडी सेन्टरहरु रहेको छ । डिएफएसकेका गाडीहरु यूरो ३, यूरो ४, यूरो ५, यूरो ६ तथा डब्लुभीटीए सर्टिफाइड भएको छन् । नेपाल आउने ग्लोरी आई–स्मार्ट यूरो ४ मापदण्डको रहेको छ । 

Logo