घट्यो सुनको मूल्य, कति छ आज ?

घट्यो सुनको मूल्य, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन ६ सयले घटेको हो । 

यस हप्ता आइतबार ५ सयले बढेको सुन सोमबार २ सयले घटेको थियो। मंगलबार ३ सयले घटेको सुनको मूल्य बुधबार स्थिर रहेको थियो । बिहीबार सुनको मूल्य २ सयले बढेको थियो। 

आज छापावाला सुनको प्रतितोला ८६ हजार ३ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८५ हजार ८५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको मूल्य भने आज स्थिर छ। चाँदी तोलामा एक हजार २३० मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo