शेयर बजार ३२.१५ अंकले वृद्धि, कारोबार रकम ६ अर्बमाथि

शेयर बजार ३२.१५ अंकले वृद्धि, कारोबार रकम ६ अर्बमाथि

केन्द्रबिन्दु
0
Shares

सोमबार ५.४५ अंकले घटेको शेयर बजार मंगलबार ३२.१५ अंकले बढेको छ। ३१.१५ अंकले बढेको नेप्से परिसूचक २ हजार ५७५.६६ विन्दुमा पुगेर कारोबार बन्द भएको छ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ। आज शेयर बजारमा दुई वटा समूह बाहेक अन्य सबै समूहहरुमा हरियाली छाएको छ। जसमध्ये बैंक, वित्त, व्यापार, जीवन र निर्जीव बीमा, उत्पादनमूलक, इन्भेस्टमेन्ट, म्युचुअल फण्डको शेयर मूल्य बढेको छ। 

आज ६ अर्ब १८ करोड ५६ लाख ५८ हजार ४ सय ९८ रुपैयाँ बराबरको कारोबार भएको छ। आज २०९ कम्पनीहरुको १ करोड २२ लाख ९ हजार ९ सय २६ कित्ता शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक (नीफ्रा) को कारोबार भएको छ। नीफ्राको ४८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यसैगरी, निर्धन उत्थान लघुवित्तको शेयर ४३ करोड, एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आज सबैभन्दा धेरै कमाउनेमा वमी माइक्रोफाइनान्स रहेको छ।

मंगलबार कारोबारमा आएका ५ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ,जसमा तीनवटा निर्जीवन बीमा कम्पनी र तीनवटा माइक्रोफाइनान्स कम्पनी रहेका छन्।

आज वमी माइक्रोफाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने सानिमा जनरल इन्स्योरेन्सको ९.९७ प्रतिशत, जनरल इन्स्योरेन्सको ९.९४ प्रतिशत, अजोड इन्स्योरेन्सको ९.९२ प्रतिशत, समिट लघुवित्तको ९.५६ प्रतिशत र स्वाभिमान लघुवित्तको ९.४७ प्रतिशतले बढेको छ ।

त्यस्तै, युनाइटेड इदि मर्दिको शेयरमूल्य सबैभन्दा धेरै ५.३३ प्रतिशतले घटेको छ भने नेपाल इन्फ्रास्टक्चर बैंकको २.३१ प्रतिशतले घटेको छ।

Skip This
Skip This
Logo