नबिल बैंक र आर एण्ड डी इनोभेटिभ सोलुसन्स प्रालिबीच कृषि प्राविधिकहरुलाई आवश्कताअनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर कृषि प्राविधिकहरुलाई सहयोग गर्ने सम्झौता भएको छ ।
बैंकका प्रमुख निरजकुमार बस्नेत (डनिल) र प्रालिका अध्यक्ष सुनिता न्हेम्हाफुकीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षरपछि बोल्दै बैंकका अध्यक्ष बस्नेत भने, ‘नबिल बैंकले सदैब दिगो बैंकिङ्गलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पुर्याउने विश्वास गर्दछ । जुन नेपालको कुल ग्राह्यस्थ उत्पादनको प्रमुख योगदानकर्ता हो । हामी कृषि प्राविधिकहरुका आवश्कता अनुसार कृषि तथा पशुपालन कर्जा लगायत विभिन्न बैंकिङ्ग सुविधा र सेवाहरु प्रदान गरी कृषि प्राविधिकहरुलाई सफल कृषि उद्यमी बनाउन र देशको आर्थिक विकासमा योगदान पु¥याउन उत्साहित छांै ।’
साझेदारीसँगै नबिल बैंकले कृषि क्षेत्रमा उद्यमशीलता विकासको साथ प्राविधिक ज्ञानको मिश्रण गरी परम्परागत वित्तिय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नवीन सुरुवात गरेको उनको जिकिर छ । नबील बैंकले सुरु गरेको यस पहलले व्यापक रुपमा सफलता हासिल गर्दै भविष्यमा नेपालको वित्तिय लगानी प्रवृतिनै परिवर्तन गर्ने नबिल बैंक आशा राखेको समेत उनले बताए ।
प्रालिका अध्यक्ष सुनिता न्हेम्हाफूकीले नेपालको कृषि क्षेत्रको मुख्य समस्यामध्ये कृषि विषय अध्ययन गरेकाले नै कृषि व्यवसाय वा उद्यम सञ्चालन गर्न नसक्नु भएको बताइन् । तसर्थ कृषि पढेकालाई सुलभ तरिकाले कर्जा उपलब्ध गराई उद्यमशीलतातर्फ लाग्ने वातावरण बनाउनका लागि नबिल बैंक र प्रालिले कृषि उद्यमशीलता विकासका लागि कृषि प्राविधिकहरु समक्ष वित्तिय पहुँच सहितको कृषि उद्यमशीलता विकास कार्यक्रम ल्याएको उनको जिकिर छ ।





























प्रतिक्रिया