इमर्जिङ्ग नेपालले सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्दै

इमर्जिङ्ग नेपालले सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्दै

केन्द्रबिन्दु
0
Shares

इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणमा शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले साधारणसभाबाट साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेसँगै निष्काशनको प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले शेयर निष्काशन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र एनआईसी एशिया क्यापिटलबीच आज सम्झौता भएको छ । सम्झौतामा एनआईसी एसिया क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझी र ईमर्जिङ्ग नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा विनोद आत्रेयले हस्ताक्षर गरेका छन् । अब क्यापिटलले कम्पनीको साधारण शेयर निष्काशनको प्रक्रिया अघि बढाउने छ ।

कम्पनीले १०० रुपैंया अंकित मूल्यको दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले कर्मचारीसहित उक्त परिमाणको शेयर जारी गर्न लागेको हो ।

Logo